पत्रकार राईलाई खेलकुद पत्रकारिता पुरस्कार

पत्रकार राईलाई खेलकुद पत्रकारिता पुरस्कार




समायोजन खबर खोटाङ,
बाक्सिला फुटबल क्लवले पत्रकार दमन राईलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको छ । पत्रकारिताको माध्यमबाट खेलकुदको गतिविधिलाई पत्रकारिताको माध्यमबाट कलम चलाई जिल्लाको खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म परिचय गराउन योगदान गरेको भन्दै क्लवले ‘११ औं केपिलासगढी बाक्सिला रनिङ गोल्डकप’ समापनको अवशरमा आईतबार पत्रकार राईलाई ५ हजार ११ रुपैयाँ राशीको खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

हरेक गोल्डकप सञ्चालनको अवशरमा बाक्सिला फुटबल क्लवले प्रदान गर्ने पुरस्कार राईलाई दोश्रोपल्ट प्रदान गरेको हो । यसअघि २०६७ साल बैसाख ७ गते पनि बाक्सिला फुटबल क्लवले पत्रकार राईलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । नागरिक दैनिकमा आवद्ध पत्रकार राई नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष हुन् ।

यसअघि पत्रकार बिमला राई, केदार मगर, चिसाङ शेर्पा लगायतले बाक्सिला फुटबल क्लवले प्रदान गर्ने खेलकुद पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् ।
२०७६ फागुन २५ गते साँझ ६ :३३ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology