समायोजन खबर भोजपुर,
भोजपुरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका विद्यार्थी नेता पक्राउ परेका छन् । प्रहरीले विप्लव समूहनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) काे भोजपुर जिल्ला समिति सदस्य आत्मा राईलाई पक्राउ गरेको हो ।
राईलाई जिल्लाको पौवादुङमा गाउँपालिका-१ श्यामशिलाको एलम्बर चोकमा रहेको एक होटलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले राईको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
२०७६ फागुन २४ गते साँझ ६ :३९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology