चिसाङ शेर्पा खोटाङ,
पछिल्लो समय हाम्रो समाजमा होटल तथा पाटी प्यालेसहरुमा जमात कसेर जन्मदिन मनाउने चलन बढिरहेको छ । तर, नेपाल विधार्थी संघ (नेविसंघ) खोटाङका सह-सचिव किसन भुजेलले त्यो प्रबृत्ति त्यागेर आफ्नो जन्मदिनमा अशक्तलाई खाद्यन्न सामग्री दिंदै जन्मदिन मनाएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क मालाका विधार्थी नेता भुजेलले शुक्रबारबाट आफू २० वर्ष पुगेको अवसरमा नेर्पाका अपांग व्यक्ति रामकुमार परियारलाई घरैमा पुगेर ६० केजी चामल, तीन केजी नुन, चार प्याकेट खाने तेल, दुई केजी दाल, एक केजी चिनी, एक/एक प्याकेट जिरा र धनियाँ सहयोग गरेका हुन् ।
होटलमा साथीभाईहरुसँग बसेर जन्मदिन त सबैले मनाउँछन्, तडकभडक देखाउँछन्, अनावश्यक खर्च गर्छन्, उनले भने, ‘मैले भने आफ्नो जन्मदिनमा त्यो छोडेर गरीब, दिनदुखीलाई सहयोग गरेको हुँ, अरुले पनि यसको सिको गर्न आवश्यक ठान्छु ।’ आगामी वर्षहरुमा पनि यस्तै उदाहरणीय काम गरेर जन्मदिन मनाउने विधार्थी नेता भुजेलले बताए ।
२०७६ फागुन २४ गते बिहान ९ : १५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology