समायोजन खबर काठमाडौं,
मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको अस्पतालले बताएको छ । प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी सोमबार अस्पताल भर्ना भएका थिए ।
अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रधानमन्त्रीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ । उनको मुख्य सुचांकहरु राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्रीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी हुन्। उनको अवस्था पनि सामान्य रहेको खड्काले जानकारी दिए। प्रधानमन्त्री ओलीलाई अहिले आईसीयूमा राखिएको छ । २०७६ फागुन २१ गते साँझ ६:१४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology