दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुई कार्ययोजना र पाश्र्व चित्र निर्माण

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुई कार्ययोजना र पाश्र्व चित्र निर्माण




चिसाङ शेर्पा खोटाङ,
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुईवटा कार्ययोजना र गाउँपालिका पाश्र्व निर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा आवधिक गाउँ विकास कार्ययोजना, राजस्व सुधार कार्ययोजना तथा गाउँपालिका पाश्र्व चित्र निर्माण भएको । राजस्व सुधार कार्ययोजना निर्माण गर्नेमा भने दिप्रुङ चुइचुम्मा गाउँपालिका पहिलो बनेको छ ।

गाउँपालिकाको पाँच लाख बजेट र हेल्भेटासको प्राविधिक सहयोगमा तयार भएको आवधिक गाउँ विकास कार्ययोजना, राजस्व सुधार कार्ययोजना र गाउँपालिका पाश्र्व चित्र शुक्रबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रम गरी हेल्भेटास नेपालका प्रतिनिधि बद्री मान्धरले गाउँपालिका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राईलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।
आवधिक गाउँ विकास कार्ययोजनाले गाउँपालिकामा आगामी दिनमा कसरी काम गर्ने, विकासलाई कुन क्षेत्रमा प्राथमिकता दिने, विकासमा कसरी फड्को मार्ने, गाउँपालिका कहाँनिर छ, गाउँपालिकाको अबको लक्ष्य के, अब कहाँसम्म पुग्ने, आगामी वर्षमा वजेट विनियोजन गर्दा आवधिक गाउँ कार्ययोजनालाई ध्यानमा राखेर वजेट विनियोजन गर्नुपर्ने लगायतमा मार्गप्रशस्त गर्ने भएकाले आवधिक गाउँ विकास कार्ययोजनालाई गाउँपालिकाको सम्पत्तीको रुपमा लिइएको अध्यक्ष राईले बताए ।

राजस्व सुधार कार्ययोजनाले राजस्व कसरी संकलन गर्ने, संकलन राजस्वलाई कसरी पारदर्शी ढंगले खर्च गर्ने, राजस्व नबढाई त्यसको दायरा बढाउने, स्थानीय सरकार कतिन्जेल संघीय सरकार अथवा मातहतका निकाय बाँच्न सक्छ भन्ने कुराको परिकल्पना नभएकाले आफ्नै आर्थिक स्रोत, साधन कसरी जुटाउने, कसरी वजेट निर्माण गर्ने, राजस्वका संभावित क्षेत्रको खोजी गर्ने, राजस्वको दायरा बढाएर आन्तरिक स्रोत बढाउन लगायतमा राजस्व सुधार कार्ययोजनाले सहयोग गर्नेछ ।

यस्तै, गाउँपालिका पाश्र्व चित्रमा गाउँपालिकाको जनसंख्या कती, घरधुरी कती, जनजाति, दलित, आर्यन, महिला/पुरुष/तेश्रो लिङगीको जनसंख्या, उमेर अनुसारको जनसंख्या, गरीवीको रेखामुनी रहेका संख्या लगायतको सम्पुर्ण खाका पाश्र्व चित्रमा समेटिने छ । गाउँपालिकाका राजनीतिक दल, वुद्धीजीवि, सरोकारवाला लगायतको सहभागितामा उक्त कार्ययोजनाहरु निर्माण गरिएको हो । कार्ययोजना तथा पाश्र्व चित्र तत्काल लागू भएको गाउँपालिका अध्यक्ष राईले बताए ।
२०७६ फागुन १६ गते राती ८ :५५ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology