समायोजन खबर काठमाण्डौ,
चार जना शेर्पाहरुले पाँच दिनमा सगरमाथाको सफल आरोहण गर्ने घाेषणा गरेका छन् । सङ्खुवासभा मकालु गाउँपालिकाका चार जना हिमाल आरोहीले शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी छोटो समयमा सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न लागेकाे जानकारी गराएका हुन् ।
आठ पटक सगरमाथाको सफल आरोहण गरेका आरोही तथा पर्यटन व्यवसायी टाँसिलाक्पा शेर्पाको नेतृत्वमा मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पासहितको टोली सोमबार नै आरोहणका लागि सगरमाथातर्फ लागेको छ ।
आरोही टासिलाक्पाले भ्रमण वर्षलाई लक्षित गर्दै विश्वका आरोहीहरुको ध्यान नेपालतर्फ खिच्न ‘विन्टर सिजन’ अर्थात् जाडो सिजनमा समेत छोटो अवधिमा हिमाल आरोहण गर्न लागिएको बताउनुभयो ।
२०७६ फागुन १२ गते राती ८ :१८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology