सकियो दिक्तेल महोत्सव,साँढे एक करोड बढिको कारोबार

सकियो दिक्तेल महोत्सव,साँढे एक करोड बढिको कारोबार




समायोजन खबर खोटाङ,
साँढे एक करोडभन्दा बढिको कारोबार गर्दै खोटाङको दिक्तेलमा आयोजित प्रथम दिक्तेल महोत्सव सकिएको छ । ‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक संमृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पुर्वाधार’ भन्ने नारासहित उद्योग बाणिज्य संघको आयोजनामा फागुन २ गतेदेखि सुरु महोत्सव एक करोड ५३ लाख बराबरको आर्थिक कारोबार गर्दै सोमबार सम्पन्न भएको हो ।

करिब एक अर्वको कारोबार हुने प्रक्षेपण गरिएको महोत्सवमा विभिन्न १२० स्टलबाट एक करोडको कारोबार भएको, वाल उद्यान, रोटेपिङ, रेल, कार लगायतका मनोरञ्जनको साधनबाट २० लाख, होटल व्यवसायबाट १५ लाख, टिकट बिक्रीबाट १५ लाख ३० हजार र यातायात सेवामा ३ लाख बराबरको कारोबार भएको बाणिज्य संघका निवर्तमान अध्यक्ष राजेन्द्र लयालुले बताए ।

एक लाख भन्दा बढि सर्वसाधारणले अवलोकन गर्ने भनिएको महोत्सवमा करिब ५६ हजारले मात्र अवलोकन गरेको बाणिज्य संघले जनाएको छ । यस्तै, महोत्सवका कारण वार्षिक २४ करोड २० लाखको कारोबार हुने वाताबरण बनेको बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताए । खोटाङको आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडिबुटी बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥र्याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा महोत्सव आयोजना गरिएको हो ।

त्रि–धार्मिकस्थल हलेसी, तुवाचुङ, रुपाकोट, मझुवागढी लगायतका धार्मिक, साँस्कृतिक र रमणीय पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गरी व्यवसाय प्रवद्र्धन गर्न, जिल्लामा भएका पर्यटन, सिमेन्ट, जलविद्युत, जडिबुटी, वन पैदावार लगायतका बारेमा जानकारी गराएर लगानीको अवशर सिर्जना गर्न, निकासीयोग्य बस्तुको पहिचान र प्रवद्र्धनमा महोत्सवबाट सहयोग पुगेको बाणिज्य संघले दाबी गरेको छ । १ नम्बर प्रदेशका मूख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको महोत्सव दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।
२०७६ फागुन १२ गते राती ८ :०४ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology