चिसाङ शेर्पा खोटाङ,
नेपाल विधुत प्राधिकरण वितरण केन्द्र दिक्तेलमा एकद्धार प्रणाली लागू भएपछि सेवाग्राहीले शास्ती खेप्नुपर्ने समस्या हटेको छ । सामान्य काम गर्न समेत एक÷दुई दिन खट्नुपर्ने समस्या हटेको हो । एउटै टेवलबाट सम्पूर्ण काम हुने गरेको छ ।
भाडाको घर, साँघुरो कार्यकक्ष, सेवाग्राहीको भीड र कमजोर कार्यालय व्यवस्थापनले केही समयमा सकिने काम पनि घण्टौ लाग्ने गर्दथ्यो । प्राधिकरणको वितरण केन्द्रमा कार्यालयगत कामकाज गर्न कर्मचारी र सेवाग्राहीलाई झन्झट नै थियो । गत पौष ७ गतेबाट एकद्धार प्रणाली लागू भएपछि सेवाग्राही र कर्मचारीलाई काम गर्न सहज भएको प्राधिकरणको कार्यालयले जनाएको छ ।
सेवाग्राहीलाई के कामका लागि आउनु भएको भनेर हामी सोध्छौ र आवश्यक कागजात माग्छौ । ग्राहकलाई बसाएर फोटोकपी, विभिन्न फाँटको काम हामी नै गर्छौ । प्राधिकरणका कर्मचारी कमला वनले भनिन्, ‘कार्य सम्पादन भएपछि उहाँहरु फर्कनु हुन्छ, काममा कुनै झन्झट हुदैन ।’ प्राधिकरणमा आफू आएपछि कागजात कर्मचारीलाई दिएको र सवै प्रक्रिया पुरा गरी काम गरिदिएको मात्तिमबाट आएकी सेवाग्राही शिवमाया राईले बताईन् ।
प्राधिकरणले काममा एकद्धार प्रणाली सुरु गरेपछि कार्यालयमा अनावश्यक भीड नहुने र काममा सेवाग्राही अलमलिन नपर्ने कार्यालय प्रमुख राम दिनेश राय यादवले बताए । भौगोलिक विकटता र यातायात अभावले एकदुई दिन माया मारेर विधुतको काममा आउने सेवाग्राहीको समस्यालाई हेरेर कामलाई छिटोछरितो बनाउन सेवाग्राहीमुखी कार्यालय बनाइएको हो । प्रमखु यादव भन्छन्, “जसका कारण सेवाग्राहीहरुले काममा सहजता महशुष गरेका छन् ।”
यसअघि, दुई नगरपालिका र आठ गाउँपालिका गरी करीव १५ हजार ११ जना सेवाग्राहीका लागि विधुत महशुल बुझाउनका प्राधिकरणले जिल्लाको दक्षिणी क्षेत्र खोटाङबजार र हलेसीमा मोवाईल काउण्टर सञ्चालन गरिसकेको छ । हलेसीमा प्रत्येक महिनाको २८,२९,३० गते र खोटाङबजारमा महिनाको २३,२४,२५ गते प्राधिकरणले महशुल बुझ्ने गरेका छन् ।
२०७६ फागुन १० गते बिहान ७ :५३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology