• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाहुनीडाँडामा ५ किलोमिटर सडक निर्माण

बाहुनीडाँडामा ५ किलोमिटर सडक निर्माण


समायोजन खबर
  • मंगलबार, फाल्गुन ६ २०७६

  • फायल फोटो।

    समायोजन खबर खोटाङ,
    खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा चुखाम–कुर्लेघाट सडक निर्माण गरिएको छ । दुई वर्षअघि राँगाकाटेबाट वडाकार्यालय, लिङलाम, झापा, डुम्रे हुँदै चुखामसम्म सडक विस्तार भइसकेको अवस्थामा पुःन यसपल्ट वडाकार्यालयको पहलमा चुखामबाट रुपटार, सुवीटार, ढोडेनी हुँदै सुनकोसी किनारमा पर्ने कुर्लेघाटसम्मको साँढे ५ किलोमिटर सडक विस्तार गरिएको हो । सडक विस्तारसँगै अव राँगाकाटेबाट कुर्लेघाटसम्म सवारी साधन आवत–जावत गर्ने वातावरण बनेको वडाध्यक्ष रुद्र राईले बताए ।

    यस्तै, डुम्रेबाट चंखेपुसम्म पुग्ने २ किलोमिटर ३ सय मिटर सडक पनि खनिएको वडाकार्यालयले जनाएको छ । राँगाकाटे–कुर्लेघाट सडक विस्तार लगत्तै कुर्लेमा नगरपालिका र हेल्भेटास नेपालको साझेदारीमा १६ लाखको साझेदारीमा सुनकोसीको पानी तान्न लिफ्टीङ योजना सुरु गरिएको वडाध्यक्ष राईले बताए ।
    २०७६ फागुन ६ गते बिहान ११ :२० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology