समायोजन खबर काठमाण्डौ,
पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले आज फैसला गर्दैछ । आइतबार महराको अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गरेका थिए । तर, समय अभावले फैसला भने हुन सकेको थिएन ।
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले महरामाथि लागेको अभियोगबारे सम्भवतः सोमबार फैसला आउने जानकारी दिए । ‘समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सम्भवतः सोमबार फैसला आउँछ,’ उनले भने । संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।
२०७६ फागुन ५ गते बिहान ९ :३९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology