• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

धर्मराजको धर्म : हलेसी एफएमलाई कम्प्युटर सहयोग

धर्मराजको धर्म : हलेसी एफएमलाई कम्प्युटर सहयोग


समायोजन खबर
  • शनिबार, माघ १८ २०७६

  • कम्प्युटर हस्तान्तरण गर्दै ईन्जिनियर धर्मराज पोखरेल (बायाँ दोस्रो)। तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    ईन्जिनियर तथा समाजसेवी धर्मराज पोखरेलले हलेसी सामुदायिक रेडियोलाई विधुतीय सामग्री सहयोग गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका पोखरेलले शनिबार रेडियोलाई डेक्सटप कम्प्युटर सहयोग गरेका हुन् ।

    ईन्जिनियर पेशालाई अंगालेर विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका बहुप्रतिभाका धनी पोखरेलले ८२ हजार रुपैयाँको एक थान डेक्सटप कम्प्युटर हलेसी सामुदायिक रेडियोका सञ्चालक समिति अध्यक्ष विष्णु आभुषणलाई हस्तान्तरण गरेका छन् । मोफसलमा रहेर सूचना तथा समाचारमा निरन्तर लागिपरेको रेडियोको प्रोत्साहन स्वरुप कम्प्युटर हस्तान्तरण गरेको पोखरेलले बताए ।
    पोखरेलले यसअघि सोही रेडियोलाई नै एकथान ल्यापटप सहयोग गरेका थिए । यस्तै, अनलाईन न्युज पोर्टल समायोजन खबर डटकम र रुपाकोट रेडियोलाई एक/एक थान ल्यापटप/रेर्कडर सहयोग गरेका थिए । सम्पादक समाजका अध्यक्ष तथा अग्रज पत्रकार कृष्ण आचार्य र नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दमन राईलाई पनि एक/एक थान रेर्कडर प्रदान गरेका थिए । ईन्जिनियर पेशामा आवद्ध पोखरेल समाजसेवा, राजनीति, गायन र मोडलिङमा सक्रिय छन् ।
    २०७६ माघ १८ गते दिउँसो १२ : ५९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology