समायोजन खबर काठमाण्डाै,
अहिले मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल लागेको छ । यस्तै मध्य र पूर्वी तराईमा हुस्सु तथा कुहिरो लागेको छ भने पश्चिम तराईको केही क्षेत्रमा कुहिरो लागेको छ । अहिले नेपालको पूर्वी भूभाग नजिक निम्न चापीय प्रणाली रहेकोले पूर्वमा बादल तथा कुहिरो लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो मध्य तथा पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखी सामान्य बादल लाग्ने र केही ठाउँमा पानीसमेत पर्ने विभागले जनाएको छ । राति पनि पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागकाे मौसम सफा रहने विभागले जनाएको छ ।
शनिबार दिउँसाे पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भूभागका केही ठाउँहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
शनिबार राति उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहि हल्का हिमपातको सम्भावना रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाकाे अनुमान छ। आइतबार भने पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागकाे मौसम सामान्यतया सफा रहनेछ ।
२०७६ माघ १७ गते बिहान ८ :१७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology