काठमाण्डौ –
सरकारको कामदेखि सन्तुष्ट नरहेको भन्दै प्रदेश नम्बर २ सरकारकी भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल कुमारी झाले मंगलबार राजीनामा दिनुभएको छ ।
उहाँले राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलको कार्यालयमार्फत मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिनुभएको हो । उहाँको राजीनामा पत्रमा लामो समयदेखि राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा र पदको प्रतिष्ठा जोगाउन प्रयास गरे पनि स्थिति अनुकूल हुने अवस्था नभएकाले राजीनामा दिएको उल्लेख गरिएको छ । उहाँले सांसद भएर काम गर्ने भन्दै सरकारको मुख दर्शक भएर काम गर्न नसकिने बताउनु भएको छ ।
२०७६ माघ १४ गते राती ८ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology