• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पर्यटनमा उठ्दैछ धिप्लुङ झरना

पर्यटनमा उठ्दैछ धिप्लुङ झरना


समायोजन खबर
  • मंगलबार, माघ १४ २०७६

  • टेम्मा र छितापोखरीको बीच भागमा अवस्थित धिप्लुङ झरना । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको टेम्मा र छितापोखरीको बीच भागमा अवस्थित धिप्लुङ झरना जिल्लाकै ठूलो प्राकृतिक मनोरम झरना हो । वारीपारी जंगल अनि दुई खण्डमा विभाजित १ सय ७६ मिटर अग्लो झरनाबाट छङछङ गर्दै झर्ने पानी, झरनाबाट टाढाटाढासम्म दृश्यावलोकन र आनन्द प्राप्त गर्न त धिप्लुङ झरना पुग्नैपर्छ ।

    झरनालाई पर्यटकीय हब बनाउन दिप्रुङ चुईचुम्मा गाउँपालिकाले भौतिक संरचनाहरु बनाउदै गएपछि झरनाले मुहार फेर्दै गएको छ । आफैमा सुन्दर अनि विभिन्न पौराणिक किंवदन्ती भएको झरनालाई पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा २५ लाख र २०७५/०७६ मा २० लाख बजेट विनियोजन गरी सौन्दर्यकरणको काम गरीसकेको छ ।
    गाउँपालिकाले अहिलेसम्म झरनासम्म पुग्ने सडक, सडकबाट झरनासम्म रेलिङसहितको बाटो, झरनाको शिरमा दृश्यावलोकनका लागि पार्क, फलैचा, माथिल्लो भागको झरना हेर्न जाने रेलिङसहितको बाटो बनाई सकेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद दाहालले बताए । दुई खण्डमा रहेको झरनाको काम पनि दुई भागमा गरिएको छ । पहिलो भागको काम सकिएपछि नै आन्तरिक पर्यटकहरु घुम्न आउन थालेका छन् । विशेषगरी शनिबार र विदाका दिनमा मानिसहरु बढी घुम्न आउने गरेको छ ।

    गौरवको आयोजना धिप्लुङ झरनालाई अझै स्तरोन्नती र सौन्दर्यकरण गर्न गाउँपालिकाले पछि थप्नेगरी ८ लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए । यस्तै, चालु आर्थिक वर्षमै प्रदेश सरकारले ४० लाख र संघिय सरकारले २० लाख बजेट विनियोजन गरिदिएको छ । विनियोजित बजेटबाट अब गाउँपालिकाले झरनाको प्रचारप्रसार गर्दै नयाँनयाँ संरचनाहरु थप्नेछ । आफू निर्वाचित भएदेखी झरनालाई सौन्दर्यकरण गर्ने काम धमाधम भईरहेको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । झरनालाई अझ सौन्दर्यकरण गर्न डिपिआर गरिएको छ । डिपिआर अनुसार स्वागतद्धार, झरना अवलोकनका लागि पुल, पिकनीक स्थल, सार्वजनिक शौैचालय, साहशीक खेल क्यानोनिङ (छाँगा दृश्यावलोकन) र तल्लो भागको झरनामा जाने सिंढी निर्माण हुने अध्यक्ष राईले बताए ।


    विभिन्न पौराणिक किंवदन्ती अनुसार लट्टे झाँक्रीहरु बस्ने ओढार र मन्दिरको व्यवस्थापन गरिने छ । झरनाको सौन्दर्यकरण र प्रवद्र्धनमा सहयोग गर्न प्रदेश र संघिय सरकारलाई अनुरोध गरेका कारण यो वर्ष संघिय र प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । झरना सौन्दर्यकरणको पहिलो खण्डको काम सकेर यो वर्षदेखी दोश्रो खण्डको काम सुरु गरेका छौ । गाउँपालिका अध्यक्ष राईले भने, “झरनालाई सौन्दर्यकरण गरेर जिल्लाको मात्रै हैन प्रदेश नम्बर १ कैै नमुना झरना बनाउन तल्लिन छौ ।”

    झरनाको वारेमा विभिन्न पौराणिक कथनहरु पनि पाईन्छ । झरनाकोे माथि ढकानी आकारको ढुंगा रहेको छ । त्यही ढुंगा माथि ठूल्ठूला सर्प, विच्छी, खजुरा घाम लागेको बेला बस्ने र अलिअलि धुम्मिने वितिकै लुक्ने गरेको कथन छ । ढुंगामूनी रहेको वहुमुल्य धातुको रक्षाका लागि बस्ने सर्प, विच्छी, खजुरालाई चट्याङले हान्ने गरेको समेत कथन पाईन्छ ।
    झरना आसपास झाँक्री गुफा रहेको र रिठ्ठे झाँक्रीहरु बस्ने हुनाले आसपासका मानिसहरुले पूजाआजा गर्ने गरेको स्थानीय अगुवा सुर्य राईले बताए । दिप्लुङ झरनामा दैविक शक्ति छ भन्ने पुर्खाहरुबाट सुन्न पाईन्छ राईले भने । गाउँपालिकाको गौरवको आयोजना धिप्लुङ झरनालाई स्तरोन्नती र सौन्दर्यकरण गर्न तीनै तहको सरकार लागेपछि झरनाले अझै मुहार फेर्ने पक्का छ । झरना पर्यटकीय हब बनेपछि स्थानीयहरुको जीवनस्तर फेरिने निश्चित छ ।
    २०७६ माघ १४ गते बिहान ८ :२९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology