• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गाईघाट-बराहपोखरी बस सेवा सुरु

गाईघाट-बराहपोखरी बस सेवा सुरु


समायोजन खबर
  • शनिबार, माघ ४ २०७६

  • साँकेतिक तस्विर।

    समायोजन खबर खोटाङ,
    खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी पुग्न उदयपुरको गाईघाटबाट सिधै गाईघाट–बराहपोखरी बस सेवा सुरु गरिएको छ । नेपाल सरकारले सय वटा गन्तव्यको सूचीमा समावेश गरेको बराहपोखरीमा नेपाल भ्रमण वर्ष मनाइरहँदा बिहिबारदेखि गाईघाटबाट सिधा बराहपोखरीसम्मको बस सेवा सुरु गरिएको हो । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी आवत–जावतका लागि गाईघाटबाट हिमाली यातायातले बस सेवा सुरु गरेको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए ।

    गाईघाटबाट यात्रु लिएर बराहपोखरीमा बस आइपुगेपछि गाउँपालिका अध्यक्ष बञ्जरा, उपाध्यक्ष गोमादेबी मगरले रिबन काटेर गाईघाट–बराहपोखरी बस सेवा सुरु भएको औपचारिक घोषणा गरेका हुन् । गाईघाटबाट साउने–रसुवा–कालापानी–ठुलीबेँसी हुँदै बराहपोखरी पुग्ने बस छुट्न थालेपछि पर्यटक तथा दर्शनार्थीलाई तराईबाट उदयपुरहुँदै बराहपोखरी आवत–जावत गर्न सहज भएको छ ।

    हाललाई फोक्सिङटारस्थित सुनकोसीमा अस्थायी बेलिब्रिज मात्र भएकाले गाईघाटबाट हिँउदमा मात्र बसमार्फत सिधा बराहपोखरी पुग्न सकिने छ । बस सेवाले धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा दुर्लभ रातो माछा हेर्नेको संख्या बढ्ने अपेक्षा गरिएको छ ।
    २०७६ माघ ४ गते राती ८ :३३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology