• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोलु विद्युत उदघाटन प्रकरण :१४ मोटरसाईकल र बोलेरोमा आगजनी

सोलु विद्युत उदघाटन प्रकरण :१४ मोटरसाईकल र बोलेरोमा आगजनी

झडप हुँदा प्रहरी सहित ४ जना घाईते


समायोजन खबर
  • शनिबार, माघ ४ २०७६

  • आगजनी भएका मोटरसाइकल ।

    समायोजन खबर सोलुखुम्बु,
    राष्ट्रिय प्रसारण लाईनको उद्घाटनको विषयलाई लिएर तिङला लाम्मानेस्थित विद्युत प्राधिकरणको सब स्टेशनमा झडप हुँदा प्रहरी सहित ४ जना घाईते भएका छन् । तिंलामा विजुली बालेर मात्रै अन्यत्र उद्घाटन गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका तिंलावासीले पत्तालेमा विद्युत उद्घाटन गर्न सदरमुकामबाट गएको संघिय सांसदको टोलीलाई बाटैमा अबरोध गरेका थिए ।


    अबरोध पछि भएको झडपका क्रममा आन्दोलनकारीको ढुंगा प्रहारबाट एक प्रहरी जवान सहित अन्य ३ जना घाईते भएका छन् । सो क्रममा ढुंगामुढा र आगजनीमा उत्रिएका आन्दोलनकारीले सांसद टोलीका १४ मोटरसाईकलमा आगजनी गरेको छ । सब स्टेशन अगाडी राखेको बोलेरो गाडी पनि जलाएका छन् । राष्ट्रिय प्रसारण लाईनको विद्युत उद्घाटन भन्दा पहिले ग्रामिण विद्युतीकरणको माग राख्दै आन्दोलनमा उत्रिएका तिङलालीहरुले शनिबार तिंला बन्दको आव्हान गरेका थिए ।

    सडक पार गर्न खोज्ने र अबरोध गर्ने क्रममा भनाभनहुदै गर्दा आन्दोलनमा उत्रिएका तिङलालीले एक्कासी ढुंगा र लौरी प्रहार शुरु गरेका थिए । ढुंगा प्रहार बाक्लिएपछि कार्यक्रममा सहभागीहुन गएकाहरु मोटरसाईकल छाडेर भागेका थिए । सोही क्रममा केही बेर दोहोरो ढुंगा हानाहानको परिस्थिती पनि सृजना भएको थियो । सडकमा ढलेका मोटरसाईकल र स्थानीय टंक बहादुर कार्कीको बोलेरोमा आन्दोलनकारीले आगो लगाएका थिए ।


    परिस्थिती नियन्त्रण भन्दाबाहिर गईसकेपछि प्रहरीले अश्रुग्याँस र रबरका गोलीप्रहार गरेको थियो । परिस्थिती नियन्त्रणमा लिनका लागि प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको प्रहरी स्रोतले जनाएको छ । यसैबीच, सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई सुरविरले विकास विरोधी तत्वले तिंलाका जनतालाई मुठभेडमा उतारेको प्रतिक्रिया दिएका छन् ।
    २०७६ माघ ४ गते राती ८ :२१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology