दिक्तेल महोत्सवको तयारी तिब्र

दिक्तेल महोत्सवको तयारी तिब्र

अनलाईन लोगो



समायोजन खबर खोटाङ,

खोटाङको दिक्तेलबजारमा सञ्चालन गर्न लागिएको प्रथम दिक्तेल महोत्सवको तयारी तिब्र पारिएको छ । ‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक संमृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पुर्वाधार’ भन्ने नारासहित आगामी फागुन २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तिब्र पारिएको आयोजक उद्योग बाणिज्य संघ खोटाङले जनाएको छ ।

बिहिबार पत्रकार सम्मेलन गरेर बाणिज्य संघले महोत्सवलाई सफल र भव्य बनाउनका लागि आवश्यक तयारी तिब्र पारिएको उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताए । खोटाङको आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडिबुटी बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पुयाउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा दिक्तेल महोत्सवको तयारी गरिएको हो । महोत्सवका माध्यमबाट आन्तरिक बजार सवलीकरण गर्ने र निकासीयोग्य स्थानीय उत्पादनको बजारीकरण गर्न प्रचार–प्रसार गर्दै दिगो आर्थिक संमृद्धि हासिल गर्नमा टेवा पुग्ने बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ध्रुब श्रेष्ठले बताए ।

सय वटाभन्दा बढि स्टल राखिने

दिक्तेलमा सञ्चालन गरिने महोत्सवमा स्थानीय कृषि उपज, जडिबुटी, ह्याण्डीक्राफ्ट, राष्ट्रिय कृषि प्रविधि, औधोगिक उत्पादन, बैंक वित्तीय संस्था र सेवा, अटोमोबाईल सवारी साधन, फ्लोरिकल्चर, गार्मेन्ट लगायतका सय वटाभन्दा बढिको स्टल रहने जानकारी दिइएको छ । आदिबासी जनजातीको साँस्कृतिक भेषभुषा प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, कृषिजन्य वस्तुको प्रतियोगीतात्मक प्रदर्शनी, हस्तकला प्रदर्शनी, वाल उद्यान तथा विविध मनोरञ्जनात्मक स्टल, जातीय खानाका मौलिक परिकारको विक्री तथा प्रदर्शनी लगायत महोतसवको प्रमुख आकर्षण हुने बाणिज्य संघका महासचिव मनोज बजिमयले बताए ।

एउटै थलोमा विभिन्न व्यवसायीबीचको जमघट हुने भएकाले सिक्ने र सिकाउने अवशर प्राप्त हुने र व्यवसायीबीचमा सञ्जाल स्थापना हुने दाबी गरिएको छ ।

एक अर्व कारोबार प्रक्षेपण

दश दिने महोत्सवको अवधिमा करिब एक अर्वको कारोबार हुने प्रक्षेपण गरिएको बाणिज्य संघले जनाएको छ । करिब एक लाखभन्दा बढि अवलोनकर्ताले जिल्लाको धार्मिक, साँस्कृतिक, रमणीय, प्राकृतिकस्थल, मौलिक संस्कृतिको बारेमा जानकारी पाउने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । ‘महोत्सवको अवधिमा राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती रहने जानकारी दिइएको छ ।

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology