दुधकोशी जलाशययुक्त जलविधुत आयोजना निरीक्षण : यसो भने कुलमानले (पूर्णपाठ)

दुधकोशी जलाशययुक्त जलविधुत आयोजना निरीक्षण : यसो भने कुलमानले (पूर्णपाठ)




चिसाङ शेर्पा खोटाङ,
नेपाल विधुत प्राधिकरणका कार्यकारी प्रबन्ध निर्देशक कुलमान घिसिङले मंगलबार खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको सिमानामा बन्न लागेको ६ सय ३५ मेगावटको दुधकोशी जलाशययुक्त जलविधुत आयोजनाको निरीक्षण गरे । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँगै नेपाली सेनाको हेलिकोप्टरबाट करीव आधा घण्टा निरीक्षण गरेका घिसिङले रावाबेंशी गाउँपालिका–३ लामिडाँडाको रबुवामा गरिएको कार्यक्रम बोलेको पूर्णपाठ ।

तीनवटै जिल्लाका माननीय ज्युहरु र हाम्रो प्राजेक्टका सम्पुर्ण साथीहरु यहाँ आएका छौ । यो आयोजना वास्तवमा तपाईहरुको लागि मात्रै महत्वपूर्ण आयोजना हैन । नेपालकै लागि आयोजनामध्ये महत्वपूर्ण आयोजनामा पर्छ । सायद मलाई लाग्छ वर्तमान अवस्थामा नेपालको १ नम्बरमा पर्नुपर्ने आयोजना यहि हो ।

जलाशययुक्त जलविधुत आयोजनाहरु धेरै पहिचान भएका छन् । पहिचान भएको मध्येमा सवभन्दा राम्रो आयोजना भनेको यहि आयोजना हो । आयोजनाको थोरै ब्यागग्राउण्डमा जान चाहान्छु । वास्तवमा १९८५ सालतिर जाइकाले नेपालको कोशीबेशीन, कर्णालीबेशीन र गण्डकीबेशीन सवै बेशीन जलविधुत आयोजनाको अध्ययन गर्ने क्रममा कोशीबेशीनको ६ वटा जलाशययुक्त आयोजनामध्ये यो पनि एउटा आयोजना त्यहि वेला पहिचान भएको हो । आजभन्दा ३५ वर्ष अगाडी पहिचान भएका आयोजनालाई लगातार रुपमा अरु कोशीबेशीनका थुप्रै आयोजनाहरु छन् ।

सवभन्दा माथि सुनकोशी ३, सुनकोशी २, सुनकोशी १, सप्तकोशी ड्याम, तमोर लगायत सवै प्रोजेक्टहरु यो क्षेत्र कोशीबेशीनको जलाशययुक्त जलविधुत आयोजनाहरुको अंशहरु हुन् । यो आयोजनामध्येमा अहिले हामी सवभन्दा राम्रो र छिटो अगाडी बढाउने आयोजनाको रुपमा यसलाई लिएका छौ । रािष्ट्रय प्राथमिकता यसले पाउनुपर्छ भन्ने तपाईहरुको माग जायज नै हो । हामीले पनि यसैलाई, सरकारले, यो प्रोजेक्टलाई अगाडी बढाउन लागेको छ । २०१३ सालमा जाइकाले दोश्रो पटक अध्ययन गरेको थियो । अध्ययनपछि नेपालको १० वटा जलाशययुक्त विधुतीय आयोजनामध्ये १ नम्बर राम्रो ठानिएको आयोजना हो । र, अहिले एसियाली विकास वैक एडीबीले अनुदानमा विस्तृत अध्ययन भइरहेको छ । अध्ययन करीव करीव अन्तिम भईसकेको छ ।

अब यसलाई अगाडी बढाउने क्रममा छौ । वास्तवमा यो आयोजना किन राम्रो भयो त भन्ने कुरा एकदमै महत्वपूर्ण विषय हो । आयोजनाम सवभन्दा यसको राम्रो पक्ष भनेको यो आयोजनामा डुबान क्षेत्र र डुबान परिवार धेरै छैन । धेरै कम छ । यो आयोजनाले प्रत्यक्ष डुबानमा पर्ने १६२ घरमात्रै छ । ९८८ घर अप्रत्यक्षरुपमा प्रभावित बन्ने देखिन्छ । जम्मा १ हजार १५० घर प्रत्यक्ष वा अप्रत्यक्षरुपमा आयोजनाबाट प्रभावित हुने देखिन्छ । यो सवभन्दा महत्वपूर्ण विषय हो ।

बुढीगण्डकी आयोजनाको डुबान क्षेत्र यो भन्दा धेरै गुणा बढी छ । करीव करीव १० हजार घर परिवार डुबानमा पर्छन् । यहाँ १६२ घरपरिवार डुबानमा पर्छ । र, अर्को महत्वपूर्ण विषय चाँहि बुढीगण्डकी लगायत अरु आयोजनामध्ये यसको बजेट कम छ । बजेट चाँहि भ्याटबाहेक हिसाव गर्ने हो भने १ खर्ब ६० अर्ब जति पर्छ । निर्माण अवधिको सम्पूर्ण खर्च भ्याट पनि हिसाव गर्ने हो भने साढे दुई सय खर्ब पर्छ । यो आयोजना अन्य जलाशययुक्त आयोजनाभन्दा सस्तो हो । बुढीगण्डकी आयोजनासँग तुलना गर्ने हो भने, बुढीगण्डकीले जति इर्नजी दिन्छ यसले बढी इर्नजी दिन्छ ।

अहिले हामीले नेपालमा जति खपत गर्छौ त्यसको आधा इर्नजी यो आयोजनाले दिन्छ । यो आयोजना ठूलो आयोजना हो । र, बुढीगण्डकीको ३३ सय किलो आवर मात्रै हो । बढीगण्डकीको बजेट करीव ३ खर्ब हो । तर यो आयोजना हामीले निरीक्षण ग¥र्यौ डुबानक्षेत्र एकदमै कम देखिन्छ । खेतहरु केही पर्छ त्यसको हामीले उचित व्यवस्थापन गर्नैपर्छ । जुन ठाउँमा हामी जुन किसिमको आयोजना बनाउनु पर्ने त्यही आयोजना बनाउनु पर्ने हुन्छ । करीव ७६ हजार रोपनी जग्गा डुबानमा पर्ने देखिन्छ यो पनि अरु प्रोजेक्टभन्दा धेरै कम हो । यसको जलाशय दुधकोशीको १७ किमि माथिसम्म पुग्छ । रावाखोलाको करीव ७/८ किमि र ओखलढुंगा खोलामा पनि ५/६ किमि माथिसम्म जलाशय बन्ने हुनाले यो आयोजनाले ठूलो जलाशय बनाउने हुनाले पर्यटनको हिसाबले पनि यो आयोजना एकदमै महत्वपूर्ण रहेको छ ।

यहाँबाट हामीले करीव १३ किलोमिटर टनेल(सुरुङ) बनाएर हलेसी महादेवको तलतल अर्को सुनकोशीतिर पावर हाउस बनाउछौ । ६३५ मेगावटको आयोजना हो । यो आयोजना जति ठूलो भयो त्यति नै बढी इर्नजी दिने भन्ने हैन, आयोजनालाई हामीले कसरी प्रयोग गर्ने, कसरी सञ्चालन गर्ने भन्नेमा भर पर्छ । हामीलाई धेरै इर्नजी चाहिन्छ त्यो ऊर्जा चाँहि यसले दिन्छ । ६३५ मेगावट भनेको पनि धेरै नै हो । यसकारण पनि यो आयोजना महत्वपूर्ण आयोजना हो ।


तीनवटा जिल्लाको प्रभावित पालिकाहरु हामीले पहिचान गरेका छौ । पालिकाहरुको अब जग्गा अधिग्रहणको क्रममा यसपालीदेखी नै जग्गा अधिग्रहण काममा अगाडी बढ्छौ । नेपाल सरकारबाट केही बजेट व्यवस्थापन गरेका छौ । सवै त सकिन्न तर हामी क्रमिक रुपमा बजेटको व्यवस्थापन गर्छौ । जग्गा अधिग्रहणमा सरोकार समिति, स्थानीय निकाय र माननीय ज्युहरुले सहयोग गर्नु हुनेछ भन्ने हामीलाई विश्वास छ । आयोजना अगाडी बढाउनलाई चाहिने भनेको बजेट हो । बजेट व्यवस्थापनमा लागि दुइवर्ष अघि श्वेतपत्र जारी गरिएको थियो । श्वेतपत्रमा महत्वपूर्ण जलाशययुक्त आयोजनामा यसैलाई राखिएको छ । यसको पैसा कसरी जुटाउने भन्ने कुरा चाँहि महत्वपूर्ण विषय हो ।

पैसा जुटाउने काम पनि करीव करीव भइसकेको अवस्था छ । पैसा जुटाउने काममा एसियाली विकास वैंक एडीबीले लिड गरेर यसलाई नेतृत्व गर्छ । एसियाली विकास वैंकले करीव ५ सय मिलियन पक्का गरिसकेको छ । ५ सय मिलियन उहाँहरुले कर्मसियल फण्डीङबाट जुटाउँछौ भनेर उहाँहरुले कन्फम गरेको अवस्था छ । करीव १ खर्ब एसियाली विकास वैंकबाट नै हुने अवस्थामा छ । अहिले माननीय ऊर्जामन्त्री र अर्थ मन्त्री ज्युहरु छलफलमा हुनुहुन्छ । र, यहाँबाट एउटा अनुरोध पेश भएपछि उहाँहरुले त्यो प्रक्रिया अगाडी बढाउनु हुनेछ ।

यो लगायत अरु पनि निकायहरु कोरियन वैंक, एआइआइबी लगायत अरु पनि फाइनन्सियल एसोसयिसनहरुले यसका लागि बजेट लगानी गर्न इच्छुक भएका छन् । आयोजनाका लागि रकम जुटाउने कुरा अफ्ठयारो अवस्थामा छैन । करीव करीव रकम जुट्ने अवस्था पुगिसकेको छ । र, स्थानीय रुपमा हामीले बेहोर्नुपर्ने रकम हो । बेहोर्नपर्ने रकम भनेको सो पूँजी हो । हामीले सो पूँजी लगानी गर्नुपर्ने रकम नेपाल सरकार विधुत प्राधिकरण र यो आयोजना फाईननसियल पनि राम्रो देखियो भने स्थानीय जनताहरुको पनि लगानी गर्ने भनेर कम्पनी पनि खोलिसकेका छौ । कम्पनीको अध्यक्ष म बस्दै छु । जलाशययुक्त जलविधुत आयोजनाको कम्पनी खोलिएको छ । त्यो कम्पनीमार्फत यो प्रोजेक्ट अगाडी बढ्दाखेरी तपाईहरुले पनि शेयर पाउने संम्भावना छ । शेयर त पाउनु नै हुन्छ ।

२०७६ पौष २३ गते साँझ ७ :४९ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology