• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दुधकोशी जलाशययुक्त जलविधुत आयोजना ठूला आयोजनामध्ये एक हो : कुलमान घिसिङ

दुधकोशी जलाशययुक्त जलविधुत आयोजना ठूला आयोजनामध्ये एक हो : कुलमान घिसिङ


समायोजन खबर
  • मंगलबार, पौस २२ २०७६

  • नेपाल विधुत प्राधिकरणका कार्यकारी प्रबन्ध निर्देशक कुलमान घिसिङ । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    नेपाल विधुत प्राधिकरणका कार्यकारी प्रबन्ध निर्देशक कुलमान घिसिङले दुधकोशी जलाशययुक्त जलविधुत आयोजना मुलुककै १० ठूला जलाशययुक्त आयोजनामध्ये पहिलो भएको बताएका छन् । खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको सिमानामा बन्न लागेको ६ सय ३५ मेगावटको दुधकोशी जलाशययुक्त जलविधुत आयोजनास्थलको निरीक्षण पछि प्रबन्ध निर्देशक घिसिङले यस्तो बताएका हुन् ।


    मंगलबार सेनाको हेलिकोप्टरबाट निरीक्षण सकेर रावाबेंशी गाउँपालिका–३ लामिडाँडाको रबुवाघाटमा गरिएको कार्यक्रममा घिसिङले आयोजना निर्माणमा सहयोगी भूमिका निर्वाह गर्न त्यहाँका स्थानीयहरुलाई आग्रह गर्नुभयो । आयोजनाले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जनताको जीवनमा ठूलो परिवर्तन ल्याउने उनले बताए ।

    आयोजना निर्माण गर्दा १ सय ६२ घरपरिवार प्रत्यक्ष र ९ सय ८८ घरपरिवार आंशिक प्रभावित हुनेछन् । आयोजनाबाट १ हजार १५० घर प्रत्यक्ष अप्रत्यक्षरुपमा प्रभावित हुने र ७६ हजार १ सय ९५ रोपनी जमिन प्रभावित हुने घिसिङले बताए । आयोजनाका लागि २ सय २० मिटर अग्लो बाँध निर्माण गरी दुधकोशी नदीमा १७ किलोमिटर, रावा खोलामा ८ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर लामो जलाशय बनाइने छ । यस्तै १३ किलोमिटर लामो सुरुङ मार्ग हुनेछ ।


    आयोजनाबाट वर्षा याममा २ अर्ब ८ करोड तथा सुख्खा याममा १ अर्ब ३६ करोड युनिट बिजुली उत्पादन हुनेछ । उत्पादित बिजुली प्रस्तावित सुनकोसी–ढल्केबर ४ सय केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । कार्यक्रममा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका सांसदहरुले आयोजना निर्माणमा सरकारलाई सघाउने प्रतिवद्धता जनाएका छन् । करीव १ खर्ब ६० अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको दुधकोशी आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी) ले ६० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

    यो पनि पढ्नुहोस

    प्रभावितलाई पर्याप्त मुआब्जा र पुर्नबासको व्यवस्था हुन्छ : मन्त्री पुन

    २०७६ पौष २२ गते राती ९ :०३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology