• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रभावितलाई पर्याप्त मुआब्जा र पुर्नबासको व्यवस्था हुन्छ : मन्त्री पुन

प्रभावितलाई पर्याप्त मुआब्जा र पुर्नबासको व्यवस्था हुन्छ : मन्त्री पुन


समायोजन खबर
  • मंगलबार, पौस २२ २०७६

  • वर्षमान पुन । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको सिमानामा बन्न लागेको ६ सय ३५ मेगावटको दुधकोशी जलाशययुक्त जलविधुत आयोजनास्थलको ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र नेपाल विधुत प्राधिकरणका कार्यकारी प्रबन्ध निर्देशक कुलमान घिसिङले एकसाथ मंगलबार स्थलगत निरीक्षण गरेका छन् ।

    सेनाको हेलिकोप्टरबाट निरीक्षण सकेर रावाबेंशी गाउँपालिका–३ लामिडाँडाको रबुवाघाटमा गरिएको कार्यक्रममा मन्त्री पुनले आयोजनाको डिपिआर अन्तिम चरणमा रहेको बताउनुभयो । करीव १ खर्ब ६० अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको दुधकोशी आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी) ले ६० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाइसकेको मन्त्री पुनले बताए ।


    आयोजनाको लागि आवश्यक बजेट जुटाउन सरकार लागि परिरहेको र आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सडकमा पु¥र्याएर काम गर्ने पक्षमा सरकार नरहेको भन्दै प्रभावितलाई उपर्युक्त र पर्याप्त मुआब्जा, क्षतिपूर्ति र पुनर्बासको व्यवस्था मिलाइने मन्त्री पुनले प्रतिबद्धता गर्नुभयो ।
    आयोजना सम्पन्न हुँदा प्रभावित क्षेत्रका बासिन्दाले रोजगारी पाउनुका साथै विकासका पूर्वाधार निर्माण हुने तथा जलाशयमा माछा पालन र ढुंगा सञ्चालनमार्फत पर्यटन प्रवद्र्धनको अवसर सिर्जना हुने भएकाले आयोजना निर्माणका काममा सहयोगी बन्न स्थानीयलाई आग्रह गर्नुभयो । मन्त्री पुनले सरकार ठूला जलविद्युत आयोजनाको प्रवद्र्धनमा लागेको चर्चा गर्दै वर्तमान सरकारले यस वर्ष एक हजार मेगावाट बिजुली उत्पादन गर्ने र वर्षको अन्तिममा आफ्नै विजुली खपत गरिने र निर्यातसम्म गरिने बताउनुभयो ।

    आयोजनास्थल । तस्विर चिसाङ शेर्पा

    हाल मुलुकभरका ८८ प्रतिशत घरधुरीले विद्युत सेवा उपभोग गरिरहेको चर्चा गर्दै उनले बाँकी १२ प्रशित घरधुरीलाई लक्षित गरी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने योजना सरकारको रहेको र यसवर्ष ४० जिल्ला पुर्ण विुधतीकरण जिल्ला घोषणा गरिने बताए । आफू १० वर्षे जनयुद्धका क्रममा दुधकोशीको किनारैकिनार यात्रा गरेको स्मरण गर्दै जसरी पनि आयोजना सम्पन्न गरेरै छाड्ने मन्त्री पुनले प्रतिबद्धता जनाए ।
    २०७६ पौष २२ गते राती ८ :२० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology