• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

४० वटा विधुतीय उपकरणको निःशुल्क मर्मत गरियो

४० वटा विधुतीय उपकरणको निःशुल्क मर्मत गरियो


समायोजन खबर
  • सोमबार, पौस २१ २०७६

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    खोटाङको दिक्तेलमा सम्पन्न तीन दिने निःशुल्क विधुतीय उपकरण मर्मत क्याममा ४० वटा विधुतीय उपकरणहरुको मर्मत गरिएको छ । आफूसँग भएको विधुतीय उपकरणहरु विग्रिएर बसेका ग्राहकहरुको समस्यालाई ध्यानमा राखेर सञ्चालन गरिएको क्याममा उक्त उपकरणहरु निःशुल्क मर्मत गरिएको हो ।

    सीजी कम्पनीको प्राविधिक सहयोग र विजय स्टोर एण्ड सप्लार्यस दिक्तेलको व्यवस्थापनमा गत शुक्रबारबाट आईतबारसम्म सञ्चालन गरिएको क्याममा वासिङ मेशिन १३ वटा, फ्रीज १८ वटा, भ्याकुम क्लिनर ७ वटा र ओभन २ वटा मर्मत गरिएको विजय स्टोर एण्ड सप्लार्यस दिक्तेलका अजय बस्नेतले जानकारी दिए ।

    मर्मत क्यामको अन्तिम दिन आईतबार ग्राहकहरुलाई वासिङ मेशिन, फ्रीज र भ्याकुम क्लिनर चलाउने उपाय तथा सरसफाई गर्ने बारेमा (डेमो) प्रशिक्षण दिएको थियो । आफ्नै ठाउँमा विज्ञ प्राविधिकबाट प्रशिक्षण लिन पाउदा ग्राहकहरु हर्षित भएका थिए । प्रशिक्षणले वासिङ मेशिन, फ्रीज र भ्याकुम क्लिनर सञ्चालनमा भएको दुविधा हटेको ग्राहकहरुले बताएका छन् ।

    ग्राहकहरुलाई डेमो देखाउदै सीजी कम्पनीका प्राविधिक ।

    यस्तै, ग्राहकहरुलाई सीजी कम्पनी लगायत सम्पुर्ण कम्पनीको विधुतीय उपकरणहरु शुन्य लागत किस्तामा दिइने व्यवस्था गरिएको विजय स्टोर एण्ड सप्लार्यस दिक्तेलले जनाएको छ ।
    २०७६ पौष २१ गते साँझ ५ :४० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology