• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

काम लगाउछन, पैसा दिदैन ठेकेदार : कामदारद्धारा सडकको काम अवरुद्ध

काम लगाउछन, पैसा दिदैन ठेकेदार : कामदारद्धारा सडकको काम अवरुद्ध


समायोजन खबर
  • सोमबार, पौस २१ २०७६

  • महुरे–(राजापानी)सिमपानी सडक ।

    चिसाङ शेर्पा खोटाङ,
    निर्माण कम्पनीले काम गरेको पैसा नदिएपछि कामदारहरुले महुरे–(राजापानी)सिमपानी सडक खण्डको कालोपत्रेको काम अवरुद्ध गरेको छ । निर्माण कम्पनी र कामदारवीच भएको सम्झौता अनुसार कामदारहरुले पैसा नपाएपछि दिक्तेल–गाइघाट सडक योजना अन्तर्गतको महुरे–सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम अवरुद्ध गरेको हो।

    निर्माण कम्पनीले काम गरेको ८४ लाख पैसा नदिएपछि १ सय ५० जना वढी कामदारहरुले कालोपत्रेको काम छोडेर सानाठूला सवारी साधनहरुको चाबी लिएर काम अवरुद्ध पारेको एक स्रोतले जनाएको छ । कामदारहरुले आईतबार विजयखर्कको मालामा बैठक बसेर राजापानीको बड्का क्याममा भएका सवै साधनहरुको चाबी ड्राईभरबाट लिएका हुन् । उनीहरुले ६ वटा टिफर, १ वटा पानी ट्याङकर, २ वटा स्काभेटर, १ वटा बोलेरो र १ वटा ब्याक लोडरको चाबी प्रहरी चौकी बुइपालाई बुझाएको छ । कामदारहरुको आन्दोलनलाई उक्त रुटका होटल व्यवसायी, किराना पसल व्यवसायी र हर्कपुर पेट्रोल पम्पले पनि साथ दिएको छ । निर्माण कम्पनीका कर्मचारीहरुले होटल तथा किराना पसलमा खाएको पैसा नतिरेको र हर्कपुर पेट्रोल पम्पमा ७ लाख बढी भुक्तानी नदिएको स्रोतले जनाएको छ ।

    २ महिनाअघि जिल्ला प्रशासन कार्यालय दिक्तेलमा प्रमुख जिल्ला अधिकारीको रोहवरमा निर्माण कम्पनी सिद्धीसाई प्रकाश भारत जेभी कन्ट्रक्सनका प्रतिनिधि र गाइघाट दिक्तेल सडक योजना प्रमुख पशुपति ज्ञवालीवीच कामको प्रगती देखाएपछि भुक्तानी दिने सहमति भए पनि निर्माण कम्पनीले कामै नगरेकाले भुक्तानी दिन नसकिएको गाइघाट दिक्तेल सडक योजनाका इन्जिनियर प्रबिन चौधरीले बताए । निर्माण कम्पनीले २ महिनामा द्रुत गतीमा काम अगाडी बढाउने र बाँकी भुक्तानी दिने सहमति भएको थियो । इन्जिनियर चौधरीले भने, भुक्तानी लिनका लागि काम गर्नै सकेन । कामदारलाई पैसा नदिएपछि काम अवरुद्ध पारेको हो ।’

    निर्माण कम्पनीले काम गरेको पैसा नदिएसम्म काम अवरुद्ध पार्ने कामदारहरुले चेतावनी दिएका छन् । यस बारेमा सिद्धीसाई प्रकाश भारत जेभी कन्ट्रक्सनका साइड इन्चार्ज पुष्प साइसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । निर्माण कम्पनीले कामदार र सप्लार्यसलाई पुस २० गतेभित्र भुक्तानी गर्छु भनेर भुक्तानी नदिंदा आक्रोशित कामदार लगायत भएर काममा अवरोध गरेको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए । निर्माण कम्पनीका प्रमुख/प्रतिनिधिलाई साइडमा बोलाएर केही मात्रामा भए पनि कामदारको पैसा भुक्तानी गराउन लगाएर काम सुरु गरिने प्रजिअ उपाध्यायले बताए ।
    २०७३ असार ३० सम्झौता गरेर ४ वर्षमा सक्नेगरी काम थालेको निर्माण कम्पनीले हालसम्म ३५ प्रतिशत भौतिक प्रगती र ३३ प्रतिशत वित्तिय प्रगती गरेको छ । ०७७ असार ३० गते काम सक्नुपर्नेछ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण सम्झौता अवधिमा काम नसकिने भएको छ ।
    २०७६ पुस २१ गते मध्यान्ह १२ :२२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology