• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मङ्गलबारदेखि उच्च पहाडी र हिमाली क्षेत्रमा पानी पर्ने तथा भारी हिमपातकाे सम्भावना

मङ्गलबारदेखि उच्च पहाडी र हिमाली क्षेत्रमा पानी पर्ने तथा भारी हिमपातकाे सम्भावना


समायोजन खबर
  • सोमबार, पौस २१ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डाै,

    आज देशका मध्य र पूर्वका केही ठाउँमा कुहिरो लागेको छ । अहिले लागेको कुहिरो दिउँसोपछि हट्ने र घाम लाग्ने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । तर बेलुकापछि भने पश्चिमी वायुको प्रभाव पश्चिमी क्षेत्रमा देखिने भएकाले राति पश्चिमी क्षेत्रको मौसम बदली हुने र हल्का पानी पर्ने सम्भावना छ ।

    मङ्गलबारदेखि देशका उच्च पहाडी र हिमाली भेगमा पानी पर्ने र भारी हिमपात हुने भएकाले चिसो बढ्ने सम्भावना छ । तर काठमाण्डाैसहित मध्य र तराईका भूभागमा भने पानी पर्ने सम्भावना खासै नभएको उहाँले बताउनु भयो । यी क्षेत्रमा भने सामान्य खालको बदली मात्रै हुनेछ । मङ्गलबार र बुधबार उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना भए पनि बिहीबारदेखि भने फेरि मौसममा सुधार हुने उहाँले बताउनु भयो ।

    २०७६ पौष २१ गते बिहान ८ : २९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology