समायोजन खबर काठमाण्डाै,
आज पनि देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् । तर शुक्रबार हिउँ र पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले शनिबार शुक्रबारको तुलनामा कम हिउँ र पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार शनिबार देशभर कै मौसम एकैछिन उघ्रिए पनि फेरि बादल लागिहाल्नेछ । काठमाण्डाैसहित देशका विभिन्न ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने उहाँले बताउनुभयो ।
यो प्रणाली कमजोर हुँदै गएर बेलुकीदेखि भने पानी पर्न रोकिनेछ । तर फेरि अर्को पश्चिमी वायु नेपाल आउने देखिएकाले अझै केही दिन देशभरीको मौसम पूर्ण रुपमा खुल्ने संभावना भने नदेखिएको मौसमविद् मानन्धरले बताउनुभयाे ।
२०७६ पौष १९ गते बिहान ९ :२० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology