• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भ्रमण वर्षको प्रचारमा हिडेका पाँचथरका युवा दिक्तेलमा

भ्रमण वर्षको प्रचारमा हिडेका पाँचथरका युवा दिक्तेलमा


समायोजन खबर
  • शुक्रबार, पौस १८ २०७६

  • भ्रमण वर्षको प्रचारकाक्रममा दिक्तेल आइपुगेका पाँचथरका युवाको टोली । तस्बिर चिसाङ शेर्पा

    समायोजन खबर खोटाङ,
    नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि प्रचारात्मक अभियानमा निस्केका पाँचथरका युवाको टोली खोटाङको दिक्तेलमा आइपुगेको छ । भ्रमण वर्षको उद्घाटनकै अवशर पारेर बुधबार सुरु गरिएको नेकपा, कांग्रेस, राप्रपा लगायतका दलमा आवद्ध युवा तथा पत्रकारको टोली शुक्रबार दिक्तेल आइपुगेका हुन् । पाँचथरको चिवाभञ्याङदेखि बैतडीको झुलाघाट जोड्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आसपासका धार्मिक तथा पर्यटकीयस्थलको घुमफिर एवं प्रचार–प्रसार गर्दै भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि मोटरसाईकलबाट नेपाल यात्रा सुरु गरिएको टोलीमा संलग्न नेकपाका प्रदेश कमिटि सदस्य हर्क नेम्बाङ मिक्सोले बताए ।

    नेपाल यात्राकाक्रममा मध्यपहाडी लोकमार्गले छोएका बस्तीका सामाजिक, आर्थिक, पर्यटकीय तथा भौगोलिक अवस्थाको अध्ययन, छलफल तथा अन्तरक्रीया गर्दै भ्रमण सुरु गरिएको टोलीले जनाएको छ । ‘मध्यपहाडी आसपासका आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय, शैक्षिक लगायतका क्षेत्रको प्रचार–प्रसार गर्दै भ्रमण वर्षलाई सफल पार्नु नै यो यात्राको मुख्य लक्ष्य हो,’ नेम्बाङले भने, ‘मध्यपहाडीको हालसम्मको निर्माण अवस्था र सडकले ल्याएको सामाजिक परिवर्तनको अवस्थाको समेत अध्ययन गरिरहेका छौँ ।’ ६ वटा बाईक लिएर यात्रामा निस्किएका ११ जनाको टोलीले मध्यपहाडी आसपासका गाउँपालिका तथा नगरपालिकाका प्रमुख/उपप्रमुख लगायतसँग भेटघाट गर्दै पर्यटकीयस्थलको बारेमा जानकारी लिइरहेको जनाएको छ ।

    टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेबी राई लगायतसँग भेटघाट गरेर नगरपालिकाभित्र रहेका पर्यटकीयस्थलहरुको बारेमा जानकारी लिएका छन् । नेपाल यात्राकाक्रममा प्रदेश नम्बर १ भित्रका गुमनामको अवस्थामा रहेका पर्यटकीयस्थलहरुको जानकारी लिएर प्रचार–प्रसार गर्ने र भ्रमणका लागि निम्तो दिइने तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले बताए ।
    २०७६ पौष १८ गते राती ८ :३१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology