समायोजन खबर काठमाण्डाै,
शुक्रबार पनि देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ र अन्य ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् विभुति पोख्रेलले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभाव आज यी ठाउँमा धेरै पर्ने सम्भावना रहेको उहाँको भनाइ छ ।
पश्चिमी वायुको प्रभाव आज पश्चिमी क्षेत्रमा भने कम हुने सम्भावना छ । आज दिउँसो काठमाण्डाैसहित देशका पूर्वी र मध्य क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना भए पनि बेलुका चार/पाँच बजेपछि उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिउँ पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेकाे उहाँले बताउनुभयो ।
शनिबार आजको तुलनामा पश्चिमी वायुको प्रभाव कम हुने भए पनि उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।अहिले बिहान पौने ६ बजेको काठमाण्डाैकाे तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।
२०७६ पुस १८ गते बिहान ७ :५८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology