समायोजन खबर खोटाङ,
खोटाङको खोटेहाङ गाउँपालिकाले विद्युतको पहुँच पुग्न बाँकी वडामा विद्युत विस्तारको काम अघि बढाएको छ । हालसम्म विद्युत पुग्न बाँकी रहेको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी, खोटेहाङ गाउँपालिका–२ वाप्लुखा र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा यस आर्थिक वर्ष हाइटेन्सन लाईन पु¥याउनेगरी काम अघि बढाएको हो ।
नौ वडामध्ये बाँकी तीन वडामा विद्युतको हाइटेन्सन लाइन पु-याउनका लागि यस आर्थिक वर्ष ८५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताउनुभयो । हाइटेन्सन विस्तार गरेपछि क्रमशः शाखा लाईन विस्तार गर्ने गाउँपालिकाले जनाएको छ ।
२०७६ पुस १४ गते मध्यान्ह १ :४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology