• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भ्रमण वर्ष सफल बनाउने प्रतिबद्धता

भ्रमण वर्ष सफल बनाउने प्रतिबद्धता


समायोजन खबर
  • शुक्रबार, पौस ११ २०७६

  •  महासंघका केन्द्रीय अध्यक्ष सिता सुन्दासलाई मायाको चिनो प्रदान गर्दे जिसस खोटाङ प्रमुख बबि चाम्लिङ । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    आगामी पौष १६ गतेबाट शुभारम्भ हुने नेपाल भ्रमण वर्षलाई सफल बनाउने प्रदेश नम्वर १ का जिल्ला समन्वय समिति प्रमुखहरुले प्रतिबद्धता गरेका छन् । जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्वर १ ले खोटाङबाट आयोजना गरेको भ्रमण वर्ष शुभारम्भ कार्यक्रमको समापनमा समन्वय प्रमुखहरुले यस्तो प्रतिबद्धता गरेका हुन् ।


    महासंघले प्रदेश नम्वर १ मै खोटाङबाट गरेकोे दुई दिने भ्रमण वर्ष आरम्भ कार्यक्रम हलेसीमा पुगेर समापन हुँदा प्रदेश १ का १४ जिल्ला, दोलखा, स्याङजा र भक्तपुरका समन्वय प्रमुखहरुले सरकारले घोषणा गरेको नेपाल भ्रमण सन् २०२० लाई प्रचारप्रसारमा जोड दिएर सफल बनाउने जनाएका छन् । भ्रमण वर्ष शुभारम्भपछि समन्वय प्रमुख, उपप्रमुख र सदस्यहरुले बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित भुलभुले दुधकुण्ड, रुवालुङ झरना, झाक्रीवास गुफा अवलोकन भ्रमण गरेका थिए ।


    शुक्रबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामै पर्ने ऐतिहासिक मझुवागढी कालिका भगवती मन्दिर, बुधेश्वर महादेव गुफाको अवलोकन भ्रमण गरेका थिए । यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा पर्ने मानव सभ्यताको उद्गमस्थल किराँतीहरुको आदिम भूमि तुवाचुङ जायाजुम, हलेसी महादेवस्थान भ्रमण गरेका जिल्ला समन्वय समिति खोटाङका प्रमुख तथा जिसस महासंघ प्रदेश नम्वर १ का संयोजक बबि चाम्लिङले बताए । हलेसीमा रहेको मारतीका गुम्बा, बसाहा थान समय अभावका कारण भ्रमण गरिएन । हलेसी पुगेका पाहुनाहरुलाई हलेसी तुवाचुङ नगरपालिकाका कार्यवहाक नगरप्रमुख काशीराज राई लगायतले खादा ओढाएर स्वागत गरेका थिए ।


    हलेसीमा समापन कार्यक्रम गरी पाहुनाहरुलाइ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाको चार/चार तथा अन्य आठ गाउँपालिकाको एक/एक वटा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु समेटिएको फोटो मायाको चिनो प्रदान गरीएको छ । समन्वय प्रमुखहरु जिल्लाकै प्रमुख भएको हैसियतले पनि नेपाल भ्रमण वर्ष सफल पार्नमा तयार रहेको महासंघका केन्द्रीय अध्यक्ष सिता सुन्दासले बताईन् । जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्वर १ ले खोटाङबाट गरेको शुभारम्भ कार्यक्रमले जिल्लामा १ लाख बढी पर्यटक भित्र्याउने लक्ष्य रहेको संयोजक चाम्लिङले बताए । भ्रमण वर्षको शुभारम्भ महासंघका केन्द्रीय अध्यक्ष सिता सुन्दासले दीप प्रज्ज्वलन गरी गरेकी थिईन् ।

    मानव सभ्यताको उद्गमस्थल किराँतीहरुको आदिम भूमि तुवाचुङ जायाजुममा राखिएको तयामा खियामाको प्रतिमा । तस्विर चिसाङ शेर्पा

    मानव सभ्यताको उद्गमस्थल किराँतीहरुको आदिम भूमि तुवाचुङ जायाजुममा राखिएको रैछाकुलेको प्रतिमा । तस्विर चिसाङ शेर्पा

    २०७६ पुस ११ गते साँझ ६ :१५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology