• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीगढीमा इतिहास सम्झाउने चौतारो निर्माण

हलेसीगढीमा इतिहास सम्झाउने चौतारो निर्माण


समायोजन खबर
  • शनिबार, पौस ५ २०७६

  • हलेसीगढीमा होलेसुङ चौतारो उद्घाटन गर्दै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई ।

    समायोजन खबर खोटाङ,
    हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा हलेसी थुमका प्रथम शासक होलेसुङ र उनका दश भाई छोराको सामुहिक चौतारो निर्माण गरिएको छ । दुर्छिमस्थित ऐतिहासिक हलेसीगढीमा किराती राजा होलेसुङ तथा उनका दश भाई छोराको इतिहासको सम्झना र सम्मानमा ‘होलेसुङ चौतारो’ निर्माण गरिएको हो ।

     

    स्वदेश तथा विदेशमा रहेका २६ जना दाताबाट संकलन भएको ३ लाख ७० हजार ४५४ रुपैयाँमा निर्माण गरिएको साझा चौतारो शनिबार हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले उद्घाटन गरेका छन् । होलेसुङका जेठा छोरा होम्दिमहोँछा, माइला मायाराजाहोँछा, साइला जितराजाहोँछा, काइला पुरिमहोँछा, ठाइँला बिराजाहोँछा, अन्तरे फ्लोमोहोँछा, जन्तरे मुङ्लोहोँछा, मन्तरे नाम्राहोँछा, लखन्तरे सैंदोहोँछा र कान्छा तातेसुङहोँछाको नाम उल्लेखित चौतारो निर्माण गरिएको स्थानीय बुद्धिजिवी भूपेन्द्रकुमार राईले बताए ।

     

    करिब ३५० वर्ष पहिले राज्यसत्ता सञ्चालन गरेका राजा होलेसुङ तथा उनका छोराहरुको स्मृतिमा शुभेच्छुकको सहयोगमा निर्माण गरिएको सामुहिक चौतारोको चारैतिर होलेसुङ र उनका दश भाईको प्रतिमा राखेर नाम उल्लेख गरिएको छ । हलेसी क्षेत्रमा पहिलोचोटी राजकीय जग बसाएका होलेसुङको नामबाट चिनिने हलेसीगढीको अस्तित्व र संरचनालाई संरक्षण गर्दै ऐतिहासिक महत्वलाई उजागर गर्नका लागि होलेसुङ समुहको पहलमा साझा चौतारो निर्माण गरिएको हो ।

     

    होलेसुङपार्कका प्रारम्भिक काम, बगैंचा निर्माण लगायतका काम गरेपछि बाँकी रहेको रकमबाट होलेसुङ चौतारो निर्माण गरिएको राईले बताए । नेपाल भ्रमण वर्षलाई समेत लक्ष्यीत गरेर ऐतिहासिकगढीमा चौतारो उद्घाटन गरिएको हो ।  मध्यपहाडी लोकमार्गको जयराम–हलेसी सडक अन्तरगत दुर्छिमको छापडाँडा भन्दा केही माथि र रावाचुङगढी नजिकै रहेको हलेसीगढी पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य एबं ऐतिहासिक अध्ययनको केन्द्रकारुपमा विकास हुँदै गएको छ । सल्लाघारीले ढाकेको हलेसीगढीले गोरखा दरबार, पाटन दरबार, कीर्तिपुर दरबारको जस्तै ऐतिहासिक महत्व बोके पनि प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ ।
    २०७६ पुस ५ गते साँझ ५ :३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology