चिसाङ शेर्पा खोटाङ,
‘ऐतिहासिक बहाने पाखेरी’ ऐंसेलुखर्क गाउँपालिका–१ राखावाङ्देलमा पर्छ । पर्यटकीय गन्तब्यको प्रचुर संम्भावना बोकेको पोखरीमा पुगेपछि अर्कै संसार पुगेको महशुष हुन्छ । त्यहाँका विभिन्न संरचनाहरु, आकृतिहरु अनि आखाँले भ्याएसम्म देखिने दुरदराजका गाउँवस्तीहरुले । फोटो खिचौखिचौ अनि सेल्फी लिउँजस्तो लाग्छ ।

पानीको मुहान नदेखिए पनि बाह्रैमास पानी हुने र कहिल्यै पानी नसुक्ने अग्लोडाँडामा २ सय मिटर क्षेत्रफलमा फैलिएको छ बहाने पोखरी । गाउँपालिकाले मर्मतसंभार तथा अन्य संरचनाहरु थपेपछि पर्यटकीय सान मानिएको छ पोखरीलाई ।
मनमोहक पोखरीबाट विभिन्न हिमालहरु देखिन्छ । खोटाङको अधिकांश स्थान र छिमेकी जिल्लाहरु सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, भोजपुर र तराईका फाँटहरु अवलोकन गर्न सकिन्छ । पोखरीको पूर्वतर्फ शंख ढुंगा, नाग ढुंगा, बौद्ध स्तुपाहरु र केही माथि अन्य आकृतिका संरचनाहरु छ । पोखरी आसपासमा बसोबास गरेका स्थानीयहरुले चौरी र भेडाहरु पालेर पर्यटकलाई लोभ्याएका पाईन्छन् ।

पोखरीको नाम कसरी रहन गयो भन्ने कथन तथा किंवदन्ती नपाए पनि परापुर्वककालदेखी नै पहिचान भएको पोखरीमा नयाँ वर्षमा ठूलो संख्यामा युवायुवतीहरु पिकनिक जाने गरेका छन् । पोखरीमा जनैपूर्णिमा, मंसिर पूर्णिमामा धामी झाँक्री आउने, भाकल गरेकाहरु भाकल पूरा गर्न आउने र ठूलो मेला लाग्ने गर्दछ । ‘बहाने पोखरी’को प्रचारप्रसार र संरक्षणका लागि फागुन १३,१४,१५ गते ऐतिहासिक बहाने पोखरी महोत्सब मनाउ लागिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।
यो पनि
‘ऐतिहासिक बहाने पोखरी महोत्सव’ मनाउन तयारी सुरु
२०७६ पुस ५ गते बिहान ८ : ४१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology