• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

देशभर चिसो बढ्यो

देशभर चिसो बढ्यो


समायोजन खबर
  • बुधबार, पौस २ २०७६

  • फाइल तस्विर ।

    समायोजन खबर काठमाण्डाै,

    पुस लाग्नेबित्तिकै चिसो ह्वात्तै बढेको छ । वर्षा र हिमपात रोकिएपछि चिसो झन् बढेको हो । काठमाण्डौ उपत्यका र तराईसहित देशका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । तराईमा मंगलबार बिहानदेखि लागेको हुस्सु नहट्दा र देशका अरु ठाउँमा पनि बिहानपख बाक्लो हुस्सु लागेर चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।

     

    तराईमा हुस्सुसँगै चिसो हावा चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन्  । बजारमा पनि चहलपहल कम हुँदै गएको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका र मजदुर धेरै समस्यामा परेका छन् । तराईमा बाक्लो हुस्सुका कारण चिसो हावा चले पनि यसलाई शितलहर भन्न नमिल्ने मौसमविद् वरुण पौडेलले बताउनु भयो । उहाँका अनुसार शितलहर हुनका लागि ४८ घण्टा लगातार हुस्सु वा कुहिरो लाग्नुपर्ने र औसतभन्दा ५ देखि ६ डिग्री सेल्सियस तापक्रम घट्नु पर्छ । अहिले यो अवस्था आइनसकेको तर चिसो चाहिँ बढेको उहाँले बताउनुभयो ।

     

    यसैबीच काठमाण्डौ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम ३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको थियो । अझै तापक्रम घट्न सक्ने मौसमविद् पौडेलले बताउनु भयो । आज पनि तराईका धेरै ठाउँमा दिनभर नै हुस्सु लाग्ने सम्भावना छ । अरु ठाउँमा दिउँसोपछि हुस्सु हटे पनि मौसम पूर्णरुपमा खुल्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् ।

    २०७६ पुस २ गते बिहान ८ :३२ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology