• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पम्पिङ आयोजनामा चरम ढिलासुस्ती, असारसम्म काम सम्पन्न गर्न निर्देशन

पम्पिङ आयोजनामा चरम ढिलासुस्ती, असारसम्म काम सम्पन्न गर्न निर्देशन


समायोजन खबर
  • मंगलबार, पौस १ २०७६

  • समायोजन खबर खोटाङ,
    खानेपानी मन्त्रालयले हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काम आगामी असारसम्ममा सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी निकाल्नका लागि सुरु गरिएको ९६ करोड बढिको पम्पिङ खानेपानी आयोजनाको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएपछि अनुगमनमा आएका मन्त्रालयका सचिव माधव बेलबासेले आगामी असारसम्ममा जुनसुकै हालतमा आयोजनाको सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएका हुन् ।

     

    सोमबार हलेसीमा आयोजित ठेकेदार सहितको सर्वपक्षीय भेलामा सचिव बेलबासेले तोकिएको समयमा खानेपानी आयोजनाको काम सम्पन्न नगरे ‘एक दिन पनि म्याद थप नहुने’ चेतावनी दिएका छन् । आयोजनाको काममा ढिलासुस्ती भएको र काम पनि गुणस्तरहिन भएको लिखित निवेदन परेपछि योजना अनुगमन गर्न हलेसी आइपुगेका सचिव बेलबासेले असारसम्ममा काम सक्नेगरी दैनिक कार्य तालिका निर्माण गरेर पेश गर्न ठेकेदारलाई भनेका छन् । बृहत पम्पिङ खानेपानी आयोजनाको काम गुणस्तरहिन भएको गुनासो आएको उल्लेख गर्दै सचिव बेलबासेले अनुगमन समिति गठन गरेर नियमित अनुगमनको व्यवस्था मिलाउन खानेपानी तथा ढल व्यवस्थापन बिभागका महानिर्देशक सुनिलकुमार दासलाई निर्देशन दिए ।

    यो पनि

    हलेसी सुख्खा क्षेत्र लिफ्टिङ आयोजना : म्याद सकिनै लाग्दा प्रगती निराशाजनक

    गत मंसिर १६ गते गरिएको सर्वदलीय अनुगमनकाक्रममा बृहत पम्पिङ खानेपानी आयोजनाको कामको प्रगती निरासाजनक र गुणस्तरहिन देखिएपछि हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ठेकेदारलाई कारबाहीका लागि भोलीपल्टै खानेपानी मन्त्रालय समक्ष सिफारिस गरेपछि टोली आयोजनास्थल आइपुगेको हो । दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मूख्यलाईनको ठेक्का लिएको ठेकेदार कम्पनी दिवा–महादेव खिम्ती जेभी, वितरणलाईनतर्फको काम गरिरहेको लामा कन्ट्रक्सन प्रालि र रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीको काममा चरम ढिलासुस्ती देखिएको छ । तोकिएको समयमा काम सम्पन्न नभए आमरण अनसन नै बस्नुपर्ने अवस्था आउने हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।
    यो पनि

    हलेसी सुख्खा क्षेत्र लिफ्टिङ आयोजना : म्याद सकिनै लाग्दा प्रगती निराशाजनक

    २०७६ पुस १ गते साँझ ६ :३० बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology