चिसाङ शेर्पा खोटाङ,
समग्र खोटाङको पर्यटन प्रवद्र्धन र व्यावसाय प्रवद्र्धनको लागि ‘प्रथम खोटाङ दिक्तेल महोत्सव’ हुने भएको छ । आर्थिक संमृद्धिको आधार व्यावसाय प्रवद्र्धनको लागि पुर्वाधार भन्ने नाराका साथमा दिक्तेलबजारमा ११ दिने भव्य महोत्सव हुने भएको हो ।
खोटाङ उधोग वाणिज्य संघ आयोजक र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रवर्धक रहेर आगामी फागुन २ गतेदेखी १२ गतेसम्म महोत्सव गर्ने भएको सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सार्वजनिक कार्यक्रम गरी जानकारी गराइएको छ । ६६ लाखमा सम्पन्न हुने महोत्सवमा जिल्लाका आदिवासीहरुको संस्कृती भेषभुषाहरुको प्रदर्शनी, सूचना प्रविधिको पदर्शनी, कृषिजन्य वस्तुहरुको प्रतियोगितात्मक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातिय खानाका मौलिक परिकारहरुको विक्री तथा प्रदर्शनी, वाल उधान तथा विविध मनोरञ्जनात्मक कार्यक्रम, १ नं. प्रदेश लगायत सम्भावित अन्य जिल्ला तथा नगर उधोग वाणिज्य संघहरु र सरोकारवाला तथा अन्य निकायबिच पर्यटन, कृषि, प्रविधि र अन्य सम्भावित व्यावसाय प्रवद्र्धन सम्बन्धमा अन्तक्रिया कार्यक्रम हुनेछ ।
यस्तै, आर्कषक परिसरहरुमा सूचना प्रविधि, अटो, अर्गानिक कृषि प्रदर्शनी/साँस्कृतिक प्रवद्र्धन, विज्ञान प्रविधिसँग सम्बन्धित प्रदर्शनी, प्रत्येक दिन ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट गीत, नृत्य, हास्यव्यङ्ग र साँस्कृतिक प्रदर्शनी, विभिन्न विधाका राष्ट्रिय व्यक्तित्वहरुलाई सम्मान र हेलिकोप्टर मार्फत माउण्टेन फ्लाईट सेवा सञ्चान गरी हिमाली दृष्यावलोकन गर्न सकिने जनाइएको छ ।

प्रथम खोटाङ–दिक्तेल महोत्सव’ सार्वजनिक कार्यक्रममा उपस्थित आयोजक तथा अतिथिहरु । तस्विर चिसाङ शेर्पा
महोत्सवबाट आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, उधोग व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावर, जडिबुटिको बजारीकरण र प्रवद्र्धनमा टेवा पु¥याउने खोटाङ उधोग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राईले समायोजनखबरलाई बताए ।
महोत्सवबाट आन्तरिक बजार सवलीकरण गर्ने तथा निकासी योग्य स्थानीय उत्पादनहरुको बजारीकरण गर्न ब्यापक प्रचारप्रसार गरी उच्चतम दिगो आर्थिक संमृद्धिको लक्ष्य राखिएको अध्यक्ष राईले बताए । एक लाख ५० हजार बढीले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव अवधिमा एक अर्बको कारोबार हुने प्रक्षेपण गरिएको छ । महोत्सवका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १० लाख आर्थिक सहयोग गर्ने नगरप्रमुख दिपनारायण रिजालले घोषणा गरे ।
२०७६ मंसिर ३० गते राती ८ः३३ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology