समायोजन खबर खोटाङ,
खसी चोरी गर्नेलाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार राती रावाबेंशी गाउँपालिका–६ हौंचुरका चन्द्र बहादुर बरुवालको खोरमा बाधी राखेको अन्दाजी ३५/४० केजी तौलको खसी चोरी गर्ने सोही ठाउँका २० वर्षीय अमर नेपाललाई प्रहरीले आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
चोरी गरेको खसी लादै गरेको अवस्थामा उनलाई सिन्धुलीको खुर्कोट खाङसाङमा खसीसहित शनिबार पक्राउ गरिएकोे थियो । ईलाका प्रहरी कार्यालय खुर्कोटको सहयोगमा पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलमा दाखिला गरेर जिल्ला अदालतबाट म्यादथप अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
२०७६ मंसिर २९ गते साँझ ५ :५१ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology