• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भ्रमण वर्ष सफल बनाउनमा लाग्यो हलेसी तुवाचुङ नगरपालिका

भ्रमण वर्ष सफल बनाउनमा लाग्यो हलेसी तुवाचुङ नगरपालिका


चिसाङ शेर्पा
  • शनिबार, मंसिर २८ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० सफल बनाउन हलेसी तुवाचुङ नगरपालिका अघि सरेको छ । नेपाल भ्रमण वर्ष नजिकिदै जाँदा शनिबार नगरपालिकाले प्रारम्भिक अन्तक्रिया गरेर पर्यटन वर्ष सफल बनाउन अघि सरेका हुन् ।

     

    नेपालमा आईरहेका पर्यटकमध्ये ५ प्रतिशत पर्यटक आउने हलेसीमा सबैभन्दा बढी पर्यटक तान्नलाई पहिलो चरणमा नौ वटा निर्णय गरेर लागू गर्न सवैलाई आग्रह गरिएको छ । भ्रमण वर्ष सफल बनाउनका लागि हलेसी आसपासका सवै व्यावसायीहरुले नगरपालिकामा दर्ता तथा नविकरण गर्नुपर्ने, सरसफाई र सुरक्षाको प्रत्याभूति गराउनुपर्ने, व्यावसायिक रुपमा सञ्चालन भएको व्यावसायिहरुले अनिवार्य रुपमा मूल्यसुचि राख्नुपर्ने, व्यावसायिहरुले आगन्तुकहरुको रेर्कड राख्नुपर्ने, प्रथम हलेसी महोत्सव मनाउन आवश्यक तयारी गर्ने निर्णय भएकोे नगर उपप्रमुख बिमला राईले जानकारी दिईन् ।

     

    यस्तै, पर्यटकीय क्षेत्रहरुको पहिचान गरी प्रचारप्रसार गर्ने, सरोकारवाला निकायहरुसँग पटकपटक समन्वय वैठक राख्ने, बजार व्यवस्थापन कार्यलाई थप चुस्तदुरुस्त बनाउने निर्णय भएको छ । प्रथम हलेसी महोत्सवका लागि भने सवै तहतप्कासँग चरणबद्ध छलफल र तयारी गरेर उपर्युक्त अवसर पारेर महोत्सव मनाईने नगरप्रमुख इवन राईले बताए । भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसंभवले बोधिसत्व प्राप्त गरेको, नजिकै किरात समुदायको आदिम थलो तुवाचुङस्थल रहेको लगायतका आधारमा त्रि–धार्मिकस्थल मानिएको हलेसीमा हिन्दु, किरात र बौद्ध धर्मावलम्बीहरुको बाक्लो भीड लाग्ने गरेको छ ।
    धार्मिक तथा साँस्कृतिक दृष्टिले प्रसिद्ध तिर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा महादेब गुफा, धर्मद्धार, पापद्धार, बसासा गुफा, भैरब गुफा, दुङ्देलो गुफा, मञ्जुश्री गुफा लगायतका स्थानहरुको अवलोकन गर्न पर्यटक तथा दर्शनार्थीहरु हलेसी आउने गरेका छन् ।
    २०७६ मंसिर २८ गते राती ९ :१६ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology