चिसाङ शेर्पा खोटाङ,
खोटाङमा चारवटा स्काभेटरमा आगजानी भएको छ । निर्माणस्थलमा राखिएको गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको स्काभेटरमा शनिबार राती आगजानी भएको हो ।
दोर्पाको लप्सेखोला पंखुखोलामा तीनवटा र चखेवाभन्ज्याङमा एकवटा स्काभेटर जलाइदिएको कम्पनीका प्रतिनिधि साङगे शेर्पाले जानकारी दिए । प्रतिगोटा ९० लाख पर्ने स्काभेटर पूर्णरुपमा जलेर नष्ट भएको छ । उनका अनुसार शनिबार राती नौ बजेसम्म साइडमा काम गरिएको र राती ११,१२ बजेविचमा जलाइएको हुनेसक्ने अनुमान छ ।दोर्पा साइडको स्काभेटरको ट्याङकी पड्केको ठूल्ठूलो आवाज कामदारहरुले सुनेपछि आगजानी भएको थाहा पाइएको हो ।

चखेवाभन्ज्याङमा रहेको स्काभेटरमा आगजानी भएको आईतबार बिहान थाहा भएको हो । कन्ट्रक्सनले दिक्तेल–चखेवाभन्ज्याङ सडकको काम गरिरहको छ । स्काभेटरमा आगजानी भएको जानकारी आएकाले प्रहरी परिचालन गरिएको खोटाङका डिएसपी बामदेव गौतमले बताए । कसले, कतिवेला, किन आगजानी गरे भन्ने अहिलेसम्म थाहा नभएको डिएसपी गौतमले बताए । स्काभेटरमा विप्लव समुहले आगजानी गरेको अनुमान गरिएको छ ।
यो पनि पढ्नहोस
खोटाङमा तीनवटा स्काभेटरमा आगजानी
२०७६ मंसिर १५ गते बिहान ९ :३३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology