• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पोखराको मतदान स्थल नजिकै फेरि बम विस्फोट

पोखराको मतदान स्थल नजिकै फेरि बम विस्फोट


समायोजन खबर
  • शनिबार, मंसिर १४ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाडौं,

    कास्की क्षेत्र नं. २ को अर्काे मदतानस्थलमा पनि बम विस्फोट भएको छ । पोखरा महानगरपालिका-१६ को दीप चण्डिका मतदानस्थल दिउँसो नजिकै बम विस्फोट भएको हो । विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको बताइएको छ ।

    यसअघि पोखराका ३ मतदान स्थलमा बम विस्फोट भएको थियो । तर, क्षति भने नभएको सुरक्षा अधिकारीहरुले बताएका छन् । पोखरा-३३ भरतपोखरीस्थित शान्ति उदय मावि, नयाँबजारको नवप्रभात र पोखरा-१६ कै शान्ति माविको मतदान स्थल नजिक बम विस्फोट भएको हो ।

     

    उपचुनावको तयारी सुरू भएयता पोखरामा अज्ञान समूहले निरन्तर बम विस्फोट गराइरहेको छ । यसअघि उम्मेदवारी दर्ताको दिन निर्वाचन कार्यालय नजिक, नेकपाको चुनावी सभा नजिकै र एक वडाध्यक्षको घरमा पनि विस्फोट भएको थियो ।

    २०७६ मंसिर १४ गते मध्यान्ह १ :४२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology