चिसाङ शेर्पा खोटाङ,
खोटाङको रावाबेंशी गाउँपालिकाले कर्मचारी तथा जनप्रतिनिधि आवास निर्माणको काम थालेको छ । गाउँपालिकामा कार्यरत घर अपायक कर्मचारी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतका लागि पालिकाको केन्द्र रहेको कुभिण्डे हरमटारमा पक्की आवास निर्माणको काम थालेका हुन् ।
गाउँपालिकाको ८५ लाख बजेटबाट दुईतले ८ कोठे भवन निर्माणको काम गत साताबाट निर्माण उपभोक्ता समितिले सुरु गरेको गाउँपालिकाले जनाएको छ । एट्यच वाथरुम, शौचालय र किचनसहितको भवन निर्माणमा १५ वटा पिल्लर ठड्याएको छ । पिल्लरसँग इँटा प्रयोग हुने गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभयो । उपभोक्ता समितिले चैत्र मसान्तसम्म भवन बनाएर गाउँपालिकालाई जिम्मा दिनुपर्ने अध्यक्ष निरौला बताए ।
गाउँपालिकामा प्राविधिक दुई जना, आइटी अफिसर एक, कम्प्युटर अपरेटर एक, प्रशासन शाखामा दुई, विषयगत शाखाहरु शिक्षा,स्वास्थ्यमा एक/एक जना, पशु शाखामा तीन जना, कृषिमा चार जना, खानेपानीमा एक जना, महिला तथा वालवालिकामा एक जना, प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा एक जना, पञ्जीकरण शाखामा एक जना लगायतका अन्य शाखामा अधिकांश कर्मचारीहरु घर अपायकका छन् ।
टाढाबाट आएका कर्मचारीहरुको पिडालाई आत्मबोध गरेर गाउँपालिकाले आवास निर्माण थालेको हो । ६ वडा रहेको गाउँपालिकाको अझै पनि विभिन्न शाखामा कर्मचारी अभाव रहेको बताइएको छ । कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा ढिला हुने गरेको छ । पालिकामा ६ जना सचिवको दरबन्दी भए पनि हाल दुईजना मात्रै कार्यरत रहेको गाउँपालिका अध्यक्ष निरौलाले बताएका छन् ।
रावाबेशी गाउँपालिका
२७°१७’ उत्तर र ८६°४३’ पूर्वमा रहेको रावाबेंसी गाउँपालिका खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबाट ८ कोशको दुरीमा पर्दछ । गाउँपालिका साबिक ६ वटा गाउँ बिकास समितिहरु कुभिण्डे, खार्पा, हौंचुर, लामिडाँडा, दुबेकोल र डुम्रेधारापानी मिलेर बनेको हो । यस गाउँपालिकाको चार किल्ला सिमाना हेर्दा पूर्वमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पश्चिममा ओखलढुंगा, उतरतर्फ ऐंसेलुखर्क गाउँपालिका र दक्षिणतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिका पर्दछ ।
यो गाउँपालिकाको क्षेत्रफल ९७.४४ वर्ग किलोमिटर रहेको छ । कुल जनसंख्या १३ हजार ३ सय ६९ जना रहेको छ । हाल ६ वटा वडाहरुमा बिभाजन गरिएको गाउँपालिकाको कार्यालय कुभिन्डेको हरमटारमा अवस्थित छ ।
२०७६ मंसिर १० गते अपरान्ह ३ :२७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology