समायोजन खबर काठमाण्डौ,
पश्चिमी वायुको प्रभावले मुलुकभर चिसो बढेको छ। अरेबियन सागर र भारतको जम्मुकास्मिर हुँदै भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भएको छ। सोमबार पूर्वी पहाडी र हिमाली भेगमा हल्का हिमपात शुरू भएको र आज मंगलबारदेखि मध्यभेग, कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा पनि त्यस्तो प्रभाव रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम बदलिने, चिसो बढ्ने र अधिकतम तापक्रम घट्ने क्रम अझै केही दिन जारी रहने महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।आइतबार साँझदेखि भित्रिएको मौसमी प्रभावले उच्च भेगमा हल्का हिमपात शुरू भएको बताउँदै उनले भने– ‘मंगलबार मौसममा आंशिक सुधार भए पनि साँझदेखि फेरि अर्को मौसमी प्रभाव भित्रिँदै छ, चिसो बढ्ने र हुस्सु लाग्ने दिन शुरू हुँदै छन्।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
२०७६ मंसिर १० गते बिहान ८ :१६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology