• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल-पञ्चमीबजार यातायात सुरु

दिक्तेल-पञ्चमीबजार यातायात सुरु


चिसाङ शेर्पा
  • आइतबार, मंसिर ८ २०७६

  • दिक्तेलको अस्पताल चोकबाट पञ्चमीबजार छुट्न लागेको बस । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    दिक्तेल–पञ्चमीबजार सिधा यातायात सुरु भएको छ । साकेला गाउँपालिका–५ मात्तिमको तावाखोला पश्चिमतर्फ भलबाढीले भत्काएको सडक मर्मतपछि सिधा यातायात सुरुवात भएको हो ।

     

    ग्याभिङ हालिएको करीव ४५ मिटर सडक भलबाढीले भत्काएपछि भौतिक पुर्वाधार विकास मन्त्रालय उदयपुरसँग सम्झौता र गाउँपालिकाको साझेदारीमा सडक बनेपछि यातायात सुरु भएको जनाइएको छ । दिक्तेलको अस्पताल चोकबाट प्रत्येक दिन दिउँसो पञ्चमीबजारका लागि बस छुट्ने गरेको एकजना यातायात व्यावसायीले बताए ।

     

    उनका अनुसार दिक्तेलबाट पञ्चमीबजारका लागि ४५० भाडादर निर्धारण गरिएको छ । यातायात सुरु भएपछि दिक्तेल र दिप्रुङ चुईचुम्मा गाउँपालिकासहित अन्य गाउँपालिकाका स्थानीयहरुलाई यात्रा गर्न सजिलो भएको छ । दिक्तेल–पञ्चमीबजार छोटो दुरीमा यातायात सुरु भएपछि किसानहरुले उत्पादन गरेका कृषिउपजले बजार पाउने दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । दिक्तेल–मानेभन्ज्याङमा यसअघि नै यातायात सञ्चालनमा छ ।
    २०७६ मंसिर ८ गते साँझ ५ :४४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology