• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सिंचाई योजनाको शिलान्यास

सिंचाई योजनाको शिलान्यास


चिसाङ शेर्पा
  • शनिबार, मंसिर ७ २०७६

  • सिंचाई योजनाको शिलान्यास गर्नुहुंदै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष सपना राई ।

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सिंचाई योजनाको शिलान्यास गरिएको छ । गाउँपालिकाको छितापोखरी र खोटेहाङ गाउँपालिका–५चिप्रिङको ओखटेस्थित टुवाखेलाबाट छितापाखरी–पञ्चमीबजार–बतासेसम्म सञ्चालन हुने लोकतान्त्रिक सिंचाई योजनाको शिलान्यास गरिएको हो ।

     

    १ नम्बर प्रदेश जलस्रोत तथा सिंचाई डिभिजनको ७ करोड ७२ लाख बजेटमा निर्माण हुने योजनाको शनिबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले शिलान्यास गरेका छन् । शिलान्याससँगै ३० महिनामा सम्पन्न गर्नेगरी बिवश ईन्टरनेशनल कन्ट्रक्सन काठमाण्डौले काम थालेको गाउँपालिकाका आईटी अफिसर मणिचन्द्र राईले जानकारी दिए । गत साउनमा निर्माण कम्पनी र सिंचाई डिभिजन कार्यालयबिच सम्झौता भएको थियो ।

     

    १३ किलोमिटरमा सञ्चालन हुने सिंचाई योजनाको मुहानदेखी ९ किलोमिटरसम्म निर्माण कम्पनीले पाइप जडान, आरसीसी, पिसीसी, ग्याबिङ वाल, मेसिनरी वाल लगायतका स्टक्चरका काम गर्नेछ । बाँकी काम उपभोक्ता समितिले गर्ने जनाइएको छ । सिंचाई योजनाले छितापोखरीको आधा भूभाग, सप्तेश्वर छितापोखरी र बतासेका स्थानीय लाभान्वित हुने गाउँपालिका अध्यक्ष राईले बताए ।

     

    योजनाको काम समयमै सकेर पानीको समस्या भोगिरहेका स्थानीयहरुलाई सुविधा दिन निर्माण उपभोक्ता समितिलाई गाउँपालिका उपाध्यक्ष सपना राईले आग्रह गरिन् । आफ्नो पालिकामा निर्माण हुने योजनामा स्थानीय सरकारको तर्फबाट गुणस्तरीयतामा सधै ताकेता गरिने गाउँपालिका अध्यक्ष राईले बताए ।
    २०७६ मंसिर ७ गते साँझ ६ः१७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology