• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भीर महुरीको मह काड्न गाउँपालिकाको अनुमति लिनुपर्ने

भीर महुरीको मह काड्न गाउँपालिकाको अनुमति लिनुपर्ने


चिसाङ शेर्पा
  • शनिबार, मंसिर ७ २०७६

  • साँकेतिक तस्विर ।

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको केपिलासगढी गाउँपालिकाले लोपोन्मुख भीर महुरीको मह काड्न गाउँपालिकाको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । प्रकृतीले दिएको सम्पत्तीको रुपमा रहेको भीर महको अवैध चोरी निकासी रोक्न र संरक्षणका लागि भन्दै अनुमति लिनुपर्ने निर्णय गरेको हो ।

     

    गाउँपालिका भित्रका ४ वडामा पाइने भीर महुरीको मह व्यक्ति र विभिन्न समूहले मनपरी काड्ने गरेको पाइएपछि ३ मंसिरमा गाउँ कार्यपालिकाको बैठकले मह शिकार(हनि हन्टिङ)मा कडाइ गरेको गाउँपालिकाले जनाएको छ । बैठकले मंसिर १५ गतेदेखी २५ गतेसम्म र जेठ १५ गतेदेखी २५ गतेसम्म मह काड्न मिति तोकेको छ । तोकिएको मितिमा महुरी नमर्ने गरी मह काड्न सवैलाई आग्रह गरिनेछ । जसका कारण आन्तरिक तथा वाह्य पर्यटकको आगमन हुने अपेक्षा गरिएको छ ।

    केपिलासगढी गाउँपालिकाको विभिन्न स्थानमा पाइएको भीर मह ।

    सामुदायिक र सार्वजनिक स्थलमा हुने भीर महबाट निश्चित व्यक्तिले फाइदा लिने र लापरवाही गरेर मह काड्दा भीर मौरीसमेत लोप हुने अवस्था आएका कारण यसलाई संरक्षणका लागि समेत सहयोग पुग्ने हुनाले मिति तोकेर मह काड्ने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताए । मह काड्ने व्यक्ति तथा समुहले वडालाई खबर गर्नुपर्छ अनि वडाले गाउँपालिकालाई सुचना दिनुपर्ने छ । गाउँपालिका अध्यक्ष राईले भने, “भीर महुरी र मह काडेको हेर्न इच्छुकका लागि गाउँपालिकाले प्रचारप्रसार गर्नेछ ।”

     

    गाउँपालिकाका बाक्सिला, फेदी, दिप्सुङ, सुङदेल भीर मौरीका लागि उपयुक्त स्थल मानिन्छन् । परम्परागत विधिबाट मह निकाल्दा मह शिकारीको ज्यानै जाने संम्भावना समेत रहेको छ । मुख्य व्यक्तिले सुरक्षा वेल्टसमेत नलगाउने र चोयाका पुराना लठ्ठा प्रयोग गरिने हुँदा दुर्घटनाको उच्च जोखिम रहेको छ । गाउँपालिका भीर महको प्रचुर सम्भावना भएको क्षेत्र भएकाले यहाँको महलाई व्यवस्थित तरिकाले निकाल्ने र प्रशोधन गरी निर्यात गर्ने योजना रहेको अध्यक्ष राईले बताए । यसले वडा र गाउँपालिकाको राजश्वमा समेत वृद्धि भएर जाने उनको भनाई छ ।
    २०७६ मंसिर ७ गते मध्यान्ह १२ : ३३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology