• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेकपा भोजपुर नगरकमिटी अध्यक्ष राईले नाजायज सम्बन्ध राखेको खुलासा

नेकपा भोजपुर नगरकमिटी अध्यक्ष राईले नाजायज सम्बन्ध राखेको खुलासा


समायोजन खबर
  • शनिबार, कार्तिक ३० २०७६

  • नेकपा भोजपुरको नगरकमिटी अध्यक्ष गन्जधन राई ।

    समायोजन खबर भोजपुर,

    नेकपाको भोजपुर नगरकमिटी अध्यक्ष गन्जधन राईले नाजायज सम्बन्ध राखेको खुलासा भएको छ । तिहारमा भाईटिकाको दिन दिउसै एक महिलासंग सुतीरहेको अवस्थामा रंगेहात भेटिएको महिलाका छोराले बताएका छन् । छोराले उनीहरुलाई रंगेहात भेटेपछि छिमेकमा होहल्ला गर्न खोज्दा उनलाई हल्ला नगर्न भन्दै फकाउदै हल्ला गरे ज्यान मार्ने धम्की समेत अध्यक्षले दिएको बताइएको छ ।

     

    छोराले गाउँमा एक दुई जनालाई सुनाएपछि गाउँमा हल्ला फैलीयो र हल्ला सुनेपछि १४ वर्षिय छोरालाई घाटी न्याकी मार्न खोजेपछी स्थानीय बासीले छुट्याएका थिए । हल्ला फैलिएपछि उनीहरुलाई कारवाहीको भागीदार बनाउनु पर्छ भन्ने धारणा आउन थालेसंगै अध्यक्ष राई फरार रहेको भोजपुर नगरपालिका वडा नं. ११ आम्तेकका वडा अध्यक्ष अशोक राईले जानकारी दिनुभयो । वडा अध्यक्ष राईका अनुसार छोराले आफुसंग सुरक्षाको माग गरेकाले प्रहरीलाई समेत खबर गरीदिएको छु ।

     

    यता महिलाले भने यस्तो सम्बन्ध नरहेको बताएकी छिन् । महिलाले पिक्नीक खान जानका लागि पैसा माग्न लगाएको र आमाले नदिएपछि छोराले गन्जधन राईसंग भाईटिकाको दिन बसेको थियौँ हैन भनेर आरोप लगाएको बताईन । छोराले जाड खाएर मातेको वेलामा यस्तो कुरा गरेको भनिन भने यता प्रहरीले दुई जनाको नाजायज सम्बन्ध रहेको खुलासा भए पछि बालकलाई घाटी न्याकेको प्रहरीलाई खबर आएको र प्रहरी घटना स्थल पुग्दा अध्यक्ष राई फरार रहेको प्रहरी निरिक्षक पाण्डप राजवंशीको भनाई छ । उता समाजले भने समुदायमा यस्तो नाजायज सम्बन्ध राखेर बस्ने महिला र पुरुष दुवैलाई कानुन बमोजिम कारबाही होस भन्दै आक्रोस पोखेका छन् ।

    २०७६ कार्तिक ३० गते दिउँसो २ :५७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology