• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सत्तामा हुँदा पनि कालापानीको विषय उठाएकै हूँ : सभापति देउवा

सत्तामा हुँदा पनि कालापानीको विषय उठाएकै हूँ : सभापति देउवा


समायोजन खबर
  • शनिबार, कार्तिक ३० २०७६

  • प्रधानमन्त्री शेरबहादुर देउवा।

    समायोजन खबर कञ्चनपुर,

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा कालापानीको विषय जोडदार रूपमा उठाएको बताउनुभएको छ ।  कञ्चनपुरको महेन्द्रनगरमा शनिबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उहाँले वर्तमान सरकारले लिपुलेक, कालापानीलगायत सीमा अतिक्रमणका विषय सशक्त रुपमा उठान नगरेको आरोप लगाउनुभयो ।

     

    ‘कालापानी नेपालको भू–भाग हो’, उहाँले भन्नुभयो, ‘मैले बेला–बेला कालापानीको विषय उठाउँदै आएको छु ।’ महाकाली सन्धिमा महाकाली नदी सीमा नदी उल्लेख गरिएको दाबी गर्दै उहाँले महाकालीको पानी पनि आधा–आधा हुने सन्धिमै स्पष्ट रहेको बताउनुभयो । त्यस्तै सभापति देउवाले कुटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताउनुभएको छ । उहाँले सरकाले राष्ट्रवादको नारा दिए पनि त्यसअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।

    २०७६ कार्तिक ३० गते दिउँसो १ : ४६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology