चिसाङ शेर्पा खोटाङ,
नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले लामो समस्यसम्म महशुल नतिर्ने अटेरी ग्राहकहरुको धमाधम लाईन काट्न सुरु गरेको छ । लामो समयसम्म पनि विभिन्न माध्यमबाट बाँकी महशुल तिर्न सूचना प्रवाह गर्दा समेत वेवास्ता गर्ने ग्राहकहरुको तिहारपछि तीव्रगतीमा लाईन काट्न सुरुवात गरिएको हो ।
गतवर्षको मंसिरबाट नै बक्यौता नतिर्ने ग्राहकको लाईन काट्ने काम भईरहे पनि तिहारपछि दिक्तेलबजारमा मात्रै ४० जना ग्राहकको लाईन काटिएको प्राधिकरण प्रमुख राम दिनेश राय यादवले बताए । बाँकी महशुल तिर्न आग्रह गर्दा पनि अटेरी गरेकाले अभियान नै चलाएर लाईन काट्न थालिएको प्रमुख यादवको भनाई छ । बक्यौता नतिर्नेमा दिक्तेलबजार र हलेसी भेगका ग्राहक बढी छन् ।
गतवर्ष कार्तिकसम्म १ करोड चार लाख ४७६ रुपैयाँ बक्यौता उठाउन बाँकी भएपछि लगत्तै प्राधिकरणले मंसिरबाट बक्यौता उठाउन ताकेता थालेको थियो । मंसिरबाट थालेको बक्यौता संकलन अहिलेसम्म ५२ लाख ६१ हजार सात सय ९७ रुपैयाँ उठेको छ । ५१ लाख ८५ हजार आठ सय ८१ रुपैयाँ उठाउन बाँकी छ । पहिलेजस्तो महशुल तिर्नलाई १/२ दिन धाउनुपर्ने अवस्था छैन । तै पनि ग्राहकहरु महशुल तिर्नमा चासो राख्दैनन् । प्राधिकरण प्रमुख भन्छन्, “त्यसैले विकल्प भनेको लाईन काट्ने हो ।”
प्राधिकरणले दिक्तेल बाहेक हलेसी र खोटाङबजारमा मोवाइल काउण्टर स्थापना गरेर मासिक महशुल बुझ्ने गरेको छ । हलेसीमा प्रत्येक महिनाको २८,२९,३० र खोटाङबजारमा महिनाको २३,२४,२५ गते महशुल बुझ्ने गरेका छन् । ग्राहकलाई महशुल तिर्न सचेत गराउदै प्राधिकरण अहिले बक्यौता नतिर्ने ग्राहकको लाईन काट्ने, मिटर बक्स रि सिल गर्न, बिग्रिएको मिटर बक्स निःशुल्क फेर्ने र काठेपोल हटाएर फलामे पोल राख्नमा व्यस्त छन् ।
२०७६ कार्तिक २६ गते बिहान ८ : ५९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology