समायोजन खबर काठमाडौं,
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का अध्यक्षद्वयबीच ‘वान टु वान’ वार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार बालुवाटारमा डेढ घण्टासम्म वान टु वान वार्ता भएको हो । दाहाल आइतबार १ बजे तिर बालुवाटार पुगेका थिए ।
नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच पार्टी एकिकरणका बाँकी रहेका कामलगायत आयोगमा हुने नियुक्तिका विषयमा छलफल भएको स्रोतले बतायो । नेकपामा अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन भएको छैन । अन्य पार्टीका विभागमा पनि सदस्य चयन हुन बाँकी छन्। समसामयिक विषयमा पछिल्लो विकसित घटनाक्रम, मन्त्रिपरिषद् हेरफेर लगायतका विषयमा पनि कुरा भएको स्रोतले बतायो ।
२०७६ कार्तिक २४ गते साँझ ७ :५३मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology