• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेशसभा सांसद र गाउँपालिका अध्यक्षलाई सम्मान

प्रदेशसभा सांसद र गाउँपालिका अध्यक्षलाई सम्मान


समायोजन खबर
  • शुक्रबार, कार्तिक २२ २०७६

  • सम्मानपछि प्रदेशसभा सांसद राजन राई (दायाँ) र गाउँपालिका अध्यक्ष कृष्ण राई । तस्बिर: समायोजन खबर

    समायोजन खबर खोटाङ,
    खोटाङमा उद्योग बाणिज्य संघ केपिलासगढी गाउँपालिका शाखाले प्रदेशसभा सांसद राजन राई र गाउँपालिका अध्यक्ष कृष्णकुमार राईलाई सम्मान गरेको छ । राज्य पुःर्नसंरचनाको क्रममा प्रदेशसभा सांसदमा निर्वाचित भएर केपिलासगढी गाउँपालिकाबाट इतिहास रचेकामा प्रदेशसभा सदस्य राजन लाई र गाउँपालिकाको प्रथम अध्यक्षका रुपमा निर्वाचित भएकामा गाउँपालिका अध्यक्ष कृष्णलाई सम्मान गरेको हो ।

     

    स्तरोन्नती गरिएको केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित बुद्ध बजार उद्घाटनका क्रममा बाणिज्य संघले शुक्रबार प्रदेशसभा सदस्य राई र गाउँपालिका अध्यक्ष राईलाई सम्मान–पत्र सहित सम्मान गरेको हो । जनताको सेवामा निरन्तर लागि पर्न र सफल कार्यकालको शुभकामना सहित जननिर्वाचित प्रतिनिधिलाई सम्मान गरिएको उद्योग बाणिज्य संघ केपिलासगढी गाउँपालिका शाखाले जनाएको छ । कार्यक्रममा बाणिज्य संघका पदाधिकारी एबं उपस्थित सर्वसाधारणले प्रदेशसभा सदस्य राई र गाउँपालिका अध्यक्ष राईलाई फूलमाला र अबिर लगाएर सम्मान गरेका हुन् ।
    यो पनि पढ्नुहोस

    व्यापारिक केन्द्र बाक्सिलाबजारको स्तरोन्नती

    २०७६ कार्तिक २२ गते साँझ ६ :२२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology