समायोजन खबर खोटाङ,
जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित जनता मावि भण्डारीडाँडामा सूचना तथा प्रविधि कक्षा स्थापना गरिएको छ । परम्परागत शैलीको शैक्षिक क्रियाकलापलाई परिमार्जन गर्दै प्रविधिमैत्री बनाउनका लागि गाउँपालिकाको आर्थिक सहयोगमा विद्यालयमा सूचना तथा प्रविधि कक्षा सुरु गरिएको हो ।
गाउँपालिकाको साँढे ६ लाख र विद्यालयको ३५ हजार खर्चमा ६ वटा कम्प्यूटर र एक थान ल्यापटप खरिद गरेर इन्टरनेट जडान गरी सूचना तथा प्रविधि कक्षा सुरु गरिएको विद्यालयका प्रअ पवन राईले बताए । विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तरगत स्थापना गरिएको सूचना तथा प्रविधि कक्षा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्घाटन गरेका हुन् । पठन–पाठनकाक्रममा आवश्यक विश्वव्यापी ज्ञान, सन्दर्भ सामग्री एबं शैक्षिक सामग्री जुटाएर पठन–पाठनलाई प्रभावकारी बनाउन सूचना तथा प्रविधि कक्षा स्थापना गरिएको प्रअ राईले बताए ।
२०१७ सालमा स्थापित विद्यालयमा हाल कक्षा १ देखि कक्षा १२ सम्म करिब ५ सय विद्यार्थी अध्ययनरत छन् । सूचना तथा प्रविधि कक्षामा कम्प्यूटर पढाई समेत गरिने जनाइएको छ । गाउँपालिकाको सहयोगमा यसअघि महेन्द्रोद्धय माबि ओख्रे डाँडागाउँमा सूचना तथा प्रविधि कक्षा सञ्चालन गरिसकिएको छ । कृष्ण मावि टेम्मा र धिप्लुङ मावि धिप्लुङमा पनि सूचना तथा प्रविधि कक्षा स्थापनाको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
२०७६ कार्तिक २० गते राती ८ :४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology