समायोजन खबर काभ्रेपलाञ्चोक,
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मान्छे जिउँदै जलाउनेलगायतका अपराधीलाई कुनै क्षमा दिन नसकिने बताएका छन् । बुधबार लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सञ्चालनार्थ परियोजना प्रस्तुत तथा विभिन्न चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई बनेपामा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले विधिको शासनमा अपराधीक मानसिकता बोकेका तथा भ्रष्टिकरणमा फसेका जो–कोहीले पनि उन्मुक्ति नपाउने बताए ।

राजनितिक अपराधीकरण र भ्रष्टिकरण न्यूनीकरणका लागि सरकार सदैव लागि परेको उनको भनाइ थियो । उनले भने, ’मान्छेलाई जिउँदै जलाउने, महिलामाथि दुर्व्यवहार गर्ने, गाउँले र महिलामाथि झम्टिने अपराधीलाई कुनै क्षमा हुन्न, कुनै कसरत बाँकी नराखी कानूनी कठघरामा उभ्याइन्छ, सजाए दिलाइन्छ ।’
मन्त्री बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरणबारे मिडियाले पनि विशेष ध्यान दिनुपर्ने सुझाए । उनले भने, ’सामाजिक क्षेत्रले पनि यसविरुद्ध आवाज उठाउनुपर्छ, सबै मिलेर अपराधीकरण र भ्रष्टिकरण न्यूनीकरण गर्दै जाने हो।’ सरकार भ्रष्टाचारविरुद्ध निर्मम तवरले लागिरहेको उनको भनाइ थियो । मन्त्री बाँस्कोटाले चुनावका गरिएका बाचा अनुसार नै विकासमा अघि बढ्न जनप्रतिनिधीलाई सुझाए । सकारात्मक परिवर्तनका लागि जनताको साथको आवश्यक रहेको बताउँदै उनले प्रकृतिको बचाउसँगै विकास र प्रकृतिसँग अन्तरघुलन हुन आग्रह गरे।
२०७६ कार्तिक ६ गते साँझ ६ :१० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology