चिसाङ शेर्पा खोटाङ,
ब्रदर कम्पनीको निःशुल्क सर्भिस क्याम्प एण्ड एक्सचेन्ज अफरमा सेवाग्राहीको घुईचो लागेको छ । १ सय ११ वर्ष पूरानो जापनीज कम्पनी ब्रदरको विधुतीय सामानहरु विक्री गर्दै आएको सागर ग्रुपले दिक्तेलमा सञ्चालन गरेको दुई दिने क्याम्प अन्तर्गत पहिलो दिनमा सेवाग्राहीको घुईचो लागेको हो ।

विधुतीय उपकरण बिग्रिएर हैरान भएका जिल्लावासीलाई सागर ग्रुपको आधिकारिक विक्रेता आचार्य फोटोकपी एण्ड कम्प्युटर मर्मत सेन्टरमा क्याम्प सञ्चालन गरेर निःशुल्क सर्भिस दिइरहेको सागर ग्रुपका सेल्स डाइरेक्टर विजय केसीले बताए । आफ्ना उपभोक्ताहरुलाई वास्तविक उत्पादनको बारे शिक्षित गराउदै ब्रदर कम्पनीको जुनसुकै उपकरण निःशुल्क सर्भिस र आधिकारिक तथा अनाधिकृत बिक्रेताको बारे ज्ञान दिइएको डाइरेक्टर केसीले बताए ।
पहिलो दिनको क्याम्पमा ब्रदरका विधुतीय उपकरणहरुमा स,साना समस्या भए पनि तरिका नबुझेर थन्किएका मेसिनहरु मर्मत तथा साधारण जानकारीहरु प्रदान गरिएको थियो । ३० वटा ब्रदर कम्पनीका फोटोकपी मेसिन निःशुल्क सर्भिस गरिएको आचार्य फोटोकपी एण्ड कम्प्युटर मर्मत सेन्टरका प्रोपाईटर गोपाल आचार्यले जानकारी दिए । उनका अनुसार पाँचवटा फोटोकपी मेसिन एक्सचेन्ज गरिएको छ । क्याम्प शनिबारसम्म रहनेछ । यस्तो क्याम्प जिल्लामै पहिलो पटक हो ।
२०७६ कार्तिक १ गते राती ८ :५४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology